Tuesday, February 10News That Matters

सार्वजनिक यातायात व्यवसायिको आन्दोलन पोखराका सडक सुनसान

यो समाचार शेयर गर्नुहोस्

पोखरा

शुक्रबार । नेपाल सरकार गण्डकी प्रदेस सरकारले यातायात व्यवस्था ऐन २०४९ विपरीत गरेको निर्णयको प्रति आपत्ति जनाउदै विरोधमा सार्वजनिक व्यवसायी आन्दोलनमा उत्रिएर सार्वजनिक यातायात बन्द गर्ने घोषणा सगै सार्वजनिक सवारी ठप् पारेपछि आज शुक्रबार बिहानै देखी गण्डकी प्रदेस राजधानी पोखराका सडक सुनसान देखिएका छन्।

गण्डकी प्रदेस सरकारले यातायात व्यवस्था ऐन २०४९ दफा ८ को उपदफा २ र दफा १२ को उपदफा १ समेतको बर्खिलाप गरि ऐन विपरीत राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिएर नियमावली लागू गरेपछि आज १६ गते शुक्रबार यातायात व्यवसायीले प्रदेश भर आ आफ्ना सवारी घर ग्यारेज थन्क्याएर सडकमा निस्के पछि गण्डकी प्रदेस राजधानी पोखरा सुनसान देखिएको हो।
सार्वजनिक सवारि बन्दका कारण गण्डकी प्रदेसमा मात्रै १६ हजार भन्दा माथि सार्वजनिक सवारी शुक्रबार घर ग्यारेजमा थन्किएका छन्।

आज शुक्रबार १६ गते बिहानैदेखि गण्डकी प्रदेसमा सार्वजनिक सवारि ठप भएसगै आम सर्वसाधारण यात्रु हरु अलपत्र परेका छन्।

यातायात व्यवस्था ऐन २०४९ विपरीत निजी सवारीले समेत यात्रु बोक्न पाउने गरि सरकारले नीति बनाएपछि सार्वजनिक सवारी विस्थापित हुनुका साथै व्यवसायि पलायन हुनु पर्ने अवस्था आउने भन्दै सार्वजनिक यातायात व्यवसायी विरोधमा उत्रिएका हुन्।
गण्डकी प्रदेस सरकारले वार्ताका लागि आब्हान गरेपनि सरकारले ल्याएको नीति पुर्णत: खारेज नगरे सम्म आफ्नो आन्दोलन कुनैपनि हालतमा नरोकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासँघ गण्डकी प्रदेस अध्यक्ष तथा सार्वजनिक यातायात सवारी बचाउ सङ्घर्ष समिति प्रदेस सँयोजक केदार पौडेलले वताए।
सँयोजक पौडेलले सरकारले गरेको निर्णय फिर्ता नलिएसम्म आन्दोलन लाई थप शसक्त बनाउदै जेठ १९ गतेदेखि देसैभर सार्वजनिक यातायात बन्द गर्ने चेतावनी दिएका छन्।
प्रदेस सरकारले वार्ताका लागि आब्हान गरेको भएपनि व्यवशायि लाई नै समाप्त पार्ने गरि बनाइएको कानुन खारेजि नगरेसम्म वार्ताको कुनै सम्भावना नरहेको पृथ्वी राजमार्ग वस व्यवसायी कम्पनी प्रालि अध्यक्ष तथा सार्वजनिक यातायात बचाउ सङघर्ष समितिका प्रवक्ता योगेन्द्र केसिले वताए।

प्रतिकृया दिनुहोस