Friday, January 16News That Matters

सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति द्वारा प्रदेस सरकार लाई चेतावनी

यो समाचार शेयर गर्नुहोस्

पोखरा

सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति द्वारा प्रदेस सरकार लाई चेतावनी

आइतबार सार्वजनिक यातायात बचाउ सङ्घर्ष समितिले समितिका सयोजक केदार पौडेल द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा मार्फत आज प्रदेस सरकारलाई गैर जिम्मेवारीपुर्ण अभिव्यक्ति नदिन चेतावनी दिएको छ।

प्रदेस सरकारको तर्फ बाट एकलौटी रुपमा वार्तामा बोलाएको व्यवसायी हरु नआएको भन्ने भ्रमपुर्ण खवर सँचार माध्यम बाट थाहा पाउँदा दुखि भएको उल्लेख गर्दै यस्ता अर्थहिन अभिव्यक्ति नदिनसमेत आग्रह गर्दछौ भन्दै आफू हरु सकारात्मक वार्ता र सम्वादका लागि २४ सै घण्टा खुल्ला रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

गण्डकी प्रदेश सरकार द्वारा रातो नम्बर प्लेटका दुई पाङग्रे तथा चार पाङग्रे सवारी साधनले सार्वजनिक सवारी साधनले सरह यात्रु ओसारपोसार गर्न पाउने गरी जारी गरेको राइड शेयरिङ नियमावली २०८२ को बिरोधमा सार्वजनिक यातायात व्यवसायी तथा मजदुरहरुले मिति २०८२/०२/१६ गते देखि आफ्‌ना सवारी साधनहरु घर ग्यारेजमा खडा गरी संविधानले दिएको अधिकार प्रयोग गरी शान्तिपूर्ण आन्दोलनमा रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।


सोही बिषयलाइ लिएर गण्डकी प्रदेश सरकारले वार्ता समिति गठन गरेपछि सरकारी वार्ता समितिका संयोजक सँग अनौपचारिक रुपमा छलफल गरी फर्केको र त्यसपछि प्रदेश सरकारबाट वार्ता र संवादका विषयमा कुनै पनि पत्राचार, टेलिफोन संवाद नभएको जानकारी गराउँदै आम नागरिकलाई भ्रममा नपर्न सङ्घर्ष समितिले विज्ञप्ति मार्फत अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस