Friday, January 16News That Matters

बढी भाडा असुल्ने इन्ड्राइभ चालकहरूमाथि कारबाही, ८ सवारी साधन नियन्त्रणमा

यो समाचार शेयर गर्नुहोस्

कास्की जिल्लामा इन्ड्राइभ एप प्रयोग गरेर सवारी सेवा दिँदै आएका केही चालकहरूले यात्रुहरूबाट निर्धारित भन्दा बढी भाडा असुलेको गुनासो प्राप्त भएपछि प्रहरीले अनुगमन तीव्र पारेको छ ।

पोखरा

जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको प्रहरी टोलीले जेठ १८ गते राति ८ बजेपछि विभिन्न स्थानहरूमा चेकजाँच गर्दा बढी भाडा असुलेको पाइएका ८ वटा सवारी साधन नियन्त्रणमा लिएको जनाएको छ।

Screenshot

प्रहरीका अनुसार, यातायात व्यवस्था ऐन २०४९ अनुसार ती चालकहरूलाई कारबाही प्रक्रिया अघि बढाइएको छ। विज्ञप्तिमा भनिएको छ, “बढी भाडा असुली यात्रु ठग्ने कार्यप्रति निगरानी बढाइएको छ र कानुनी दायरामा ल्याउने काम जारी छ।”

प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनहरूको तस्बिर समेत सार्वजनिक गरेको छ। यात्रुहरूको सुरक्षासँगै निष्पक्ष सेवा प्रवाहका लागि यस्ता कारबाहीलाई निरन्तरता दिइने कास्की प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस