Friday, January 16News That Matters

अल्पत्र परेका ५६४ जना यात्रुहरुलाई प्रहरीले स्कर्टिङ गर्दै गन्तव्यतर्फ पठाएको छ

यो समाचार शेयर गर्नुहोस्

पोखरा

जिल्ला प्रहरी कार्यालय, कास्कीले गन्तव्यतर्फ जान नसकेर अलपत्र परेका ५६४ जना यात्रुहरुलाई प्रहरी स्कर्टिङसहित सुरक्षित रूपमा पठाएको छ।

आइतबार बिहान १०:१५ बजेकाे समयसम्म ती यात्रुहरुलाई प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतको कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा कालिकाबाट सशस्त्र प्रहरी निरीक्षक रमेश कंडेलको नेतृत्वमा रहेको संयुक्त प्रहरी टोलीले आवश्यक समन्वय गरी गन्तव्यतर्फ पठाएको हो।

पोखरा महानगरपालिका–७ स्थित पर्यटक बसपार्कबाट काठमाडौँका लागि १४ वटा सवारीसाधन र नारायणगढका लागि ३ वटा सवारीसाधन गरी जम्मा १७ वटा गाडीमार्फत यात्रुहरुलाई पठाइएको जनाइएको छ। सबै सवारीसाधनहरुलाई प्रहरी स्कर्टिङसहित सुरक्षित रूपमा प्रस्थान गराइएको हो।

प्रतिकृया दिनुहोस