Tuesday, January 20News That Matters

पोखरामा बढी भाडा असुलेका १५ जना ‘इन ड्राइभ’ चालक नियन्त्रणमा

यो समाचार शेयर गर्नुहोस्

पोखरा,

पोखरामा ‘इन ड्राइभ’ सेवामा संलग्न १५ जना चालकले यात्रुहरूबाट तोकिएकोभन्दा बढी भाडा असुलेको पाइएपछि जिल्ला प्रहरी कार्यालय, कास्कीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।

जनगुनासोका आधारमा प्रहरीको टोलीले पोखराका विभिन्न स्थानमा निगरानी गर्दा ती चालकहरूले सवारी भाडा तोकिएभन्दा बढी लिएको पुष्टि भएको प्रहरीले जनाएको छ। सोही अनुसार ती १५ जना चालकलाई सवारी साधनसहित नियन्त्रणमा लिइएको र उनीहरूलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।

प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलहरूको तस्वीर पनि सार्वजनिक गरेको छ। प्रहरीले यात्रुहरूलाई सहज, सुरक्षित र नियमनसम्मत सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता अनुगमन तथा कारबाही निरन्तर गरिने जनाएको छ।


प्रतिकृया दिनुहोस