देसमा लोकतन्त्र आयो देस अब देस लोकतान्त्रिक विधि पद्दति अनुसार चल्ने भो आम नेपाली जनताले शुशासनको प्रत्याभूति गर्न पाउने भए।
ब जनताको नागरिकको हैसियतले स्वतन्त्र पुर्वक स्वदेसमै केही गरेर बाच्न सक्ने अवस्था हुने भो।
स्वास्थ्य शिक्षामा सुधार हुने भो ।भ्रष्टाचार अन्त्य हुने भो। सबैको मन मनमा ,अब माफिया तस्कर हरुका दिन गए जनताका दिन आए भन्ने विश्वास थियोे ।
वडा वडामा सिहदरवार घर घर जनताको सरकार हुने भो भन्नेमा आम नेपाली जनता पुर्ण विस्वस्त थिए।
अब लोकतान्त्रिक मान्यता अनुरुप देस अगाडि कढ्ने भो,अब जनताकै देसका मालिक हुने विधि र पद्दति स्थापित हुनेभो भन्नेमा आम नेपाली पुर्णत विश्वस्त थिए ।
नेपाली जनतालाई देखाउन पनि नेताहरुले यस्ता सम्म सपना देखाएका थिए कि
अब देसमा काया पलट हुनेभो नेपाली जनताको भबिस्य उज्जल हुने भो ,देसले छलाङ मार्नि भो भन्नेमा आम नेपाली जनता ढुक्क थिए।
तर त्यसको ठिक उल्टो नेताहरुको काया पलट हुन थाल्यो । नेपाली जनताको भविष्य अन्धकार तर्फ डोरिदै जान थाल्यो ।
नेताहरुका आसेपासे, गासे, अगुवा ,पछुवा, अम्चे ,चम्चे हरुले दिन दुगुना, रात चौगुना, आर्थिक छलाङ मार्न थाले।आम सर्वसाधारण जनता पल पल अन्यौलमा बाच्न विवस हुँदै जान थाले।
नेपालीमा एउटा भनाइ छ चोरलाइ चौतारी सज्जन लाई सुलि ,उहीँ अराजक जो छ घरको मुलि भनेजस्तै
हो देसमा यतिखेर ठिक त्यस्तै अवस्था देखिन थालेको छ।
यहा यसो भनी रहदा राजतन्त्र कि गणतन्त्र भन्न खोजिएको हैन तर लोकतन्त्र भएको जुनसुकै देसमा पनि शासक सबैको साझा हुन्छ हुनुपर्छ यहाँ सम्मकि विरोधीको पनि साझा हुन्छ ,हुन सक्नु पर्छ।। तर स्वँय देसकै प्रमुखले राजधानी जस्तो ठाउमा आफ्नो पाटिको नामै लिएर राजधानिलाइ नै आफ्नै पाटिमय बनाउन पाटि पङ्तिलाइ निर्देसन आदेस दिनु कति सम्म जायज हो दिन हुने कि नहुने भन्ने हो।
अब शासकले पनि यसबारे एकपटक सोच्ने कि?
सरकारलेनै कतै सहकारी ठगि त कतै सम्पत्ति सुद्दिकरणका नाममा कसैलाई जेलैसम्म पुर्याइ दिने, कतै सहकारी पिडित जनताको बारेमा एक पटक पनि चित्त बुझ्दो गरि सम्बोधन तक नगर्ने भएपछि यो कस्तो विधि र पद्दति हो भनेर नेपाली जनताले प्रस्न गर्ने कि नगर्ने ?
देसमा दर्जनौ नेतालाई दर्जनौ भ्रष्टाचार अनियमितताका आरोप लागि रहदा उस्तै उस्तै प्रकृतिका आरोप लागि रहदा कोहि निर्वाध रुपले राजर्षि ठाटवाटले खुलम्खुला स्वतन्त्रता पुर्वक तिनै पिडित जनताकै अगाडि छाति फुलाएर हिड्ने कोहिलाई जेलमा कोच्ने र कोहि कोचिने भएपछि अनि यस्तो अवस्था लाई नेपाली जनताले कसरी लोकतान्त्रिक विधि र पद्धति भन्ने त्यसैले भन्नै पर्ने हुन्छ यतिबेला देसमा देखिएको यो अवस्था लाई लोकतन्त्र हैन मनपरितन्त्र मात्रै हैन लोकतान्त्रिक विधि र पद्दति मनपरि र ज्यादति भन्नू पर्ने भएको छ। नेपाली जनताले चित्त बुझाउने एउटा मात्रै ठाउँ भए पनि हुन्थ्यो नि कहि छैन। नेताहरुले देसमा विकास भएको भनेर घोक्रो फुलाइ फुलाइ भाषण गरि रहदा देस खरवौ रिणको भार बढेको प्रति चिन्तित छन्। देसमा उठेको राजस्व ता मात्र नेता मन्त्री तीन सरकार लाई पनि नपुगेको हो कि जस्तो देखिन्छ। कहिले कर्मचारीले तलब नपाएका कहिले विकास निर्माणका लागि बजेट नपुगेका कुरा नआएका पनि हैनन्।
देसैभर समयमै निर्माण नभएकै कारण ठाउँ ठाउमा कतै पुल कतै सडक अलपत्र अवस्थामा छन्। देसको विकास भनेको के भएको छ।जे भएको छ अन्तर्राष्ट्रिय उत्पादन स्वदेसमा भित्रिएको छ ।लेस झन् उपभोगि बन्दै जान थालेको छ।
यतन फेरि स्पष्ट जनताले बुझ्ने गरि सरकारले बुझाउन सकि रहेको छैन। यहासम्म कि पछिल्लो समयमा त देसमा शान्ति ,सुरक्षा मात्रै हैन भ्रष्टाचारि लाई नै कारवाहि गर्ने महत्त्वपूर्ण शक्तिशाली मनत्रालयकै मन्त्री समेत भिजिट भिसा काण्डमा मुछिएपछि पनि रााजिनामा दिएर अनुसन्धानका लागि प्रसस्त बाटो र ढोका खोलि दिनु पर्ने ठाउमा राजिनामा दिनुको कुरो ता परै जाओस्। झन् सत्तासिन पाटिहरुले समेत सँमरक्षण दिनुले भसरकार समेत कतै भ्रष्टाचारि सँमरक्षक बन्न ता खोजेको हैन भन्नू पर्ने अवस्था आएको छ।
देसमा यतिबेला सरकारले गरेका कुनैपनि काम प्रति जनता खुसि छैनन्।
झन् दिनप्रतिदिन रुष्ट हुँदै गई रहेका छन्। कहिले डाक्टर आन्दोलन कहिले शिक्षक गुरु आन्दोलन कहिले बिध्यार्थि आन्दोलन कहिले यातायात क्षेत्र बाट देसैभर आन्दोलन भइरहदा पनि
सरकार कानमा तेल हालेर बसेको छ।
त्यसैले त सरकारको रवैया देख्ता लोकतान्त्रिक विधि पद्दति मनपरि र ज्यादती भन्नू पर्ने अवस्था आएको छ।
देसमा चौतर्फी विरोधका आवाज आइ रहेका छन् ।सरकारको रवैया देखेर जनता रुष्ट छन् ।ठ्याक्कै प्रत्यक्ष सर्वसाधारण जनताले पनि देख्ने र बुझ्ने गरि सरकारले भ्रष्ट माफिया परस्त भएको छ।कतै न्यायालयमा समेत राजनीतिक प्रभाव परेको ता हैन भन्ने सङ्केत हरु देखा पर्न थालेका छन्।
सरकारको काम कारवाहि प्रति प्रतिपक्षिको ता के कुरा सत्ताधारि पाटि भित्रै असन्तुष्टिका अभिव्यक्ति भुसको आगो बाट धुवा बाहिरिएझै गरि बाहिरिएका छन्।
सत्ताधारि पाटिकै जल्दाबल्दा हिजोका दिनमा गलतका विरुद्ध बडो खरो उत्रने सँसदमा हिजो बुर्कुसि मारि मारि गलतका विरुद्ध आवाज उठाउने युवा भनिएका नेताहरु समेत पछिल्लो समयमा सँसदमा चुपचाप बस्ने र्न थालेका छन्।उनिहरुमा देखिएको स्वभाव प्रभाव र प्रवृत्तिले उनिहरु साच्चिकै वृद्द भएका त हैनन् भन्नू पर्ने जस्ता अवस्थाहरु देखा पर्न थालेका छन्। देसमा भ्रष्टाचार र अराजकता मौलाउदै जान थालेको छ। शुशासनमा सङ्कट देखिन थालेको छ। नेताहरुले जतिनै लोकतान्त्रिक विधि र पद्धति भनि रहे पनि देसमा माथि देखि तलसम्म भन्ने बेला विधि र पद्धति भनेपनि विधि पद्दतिका नाममा उल्टै मनपरि र ज्यादतिका दर्जनौ उदाहरण देखिदै आउन थालेका छन् ।
