Tuesday, February 10News That Matters

विश्व वातावरण दिवसको अवसरमा आयोजित सर सफाइ कार्यक्रम सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

बिहिवार । विश्व वातावरण दिवसको अवसरमा पोखरा १७ हिमालयन टोल वरपर साथै हिमालयन अस्पताल परिसरमा सर सफाइ कार्यक्रम सम्पन्न भएको छ।
विश्व वातावरण दिवसको अवसरमा विभिन्न सँघ सँस्था द्वारा सयुक्त रुपमा आय‍ोजित कार्यक्रम प्रमुख अतिथि महानगर पालिका वडा नम्बर १७ अध्यक्ष राधिका शाहि य‍ोगिको प्रमुख आतिथ्यतामा हिमालयन आँखा अस्पताल बाट शुभारम्भ गरिएको थियोे

सँयुक्तरुपमा आयोजित कार्यक्रम हिमालयन टोल वरपर सर सफाइ गरे पश्चात हिमालयन बोर्डिङ स्कुलमा समापन गरिएको थियोे ।

आयोजित सर सफाइ कार्यक्रम हिमालयन आँखा अस्पताल परिवार , प्रकृति मानव केन्द्र ,हिमालयन बोर्डिङ स्कुल परिवार ,टोलि अफिस परिवार ,अन्तर्राष्ट्रिय हिमालयन म्युजियम टोल विकास सँस्था, पर्तारोहण सङ्ग्रालय परिवार सहितको सयुक्त सहकार्यमा सर सफाइ कार्यक्रम आयोजना गरिएको ,हिमालयन टोल विकास सँस्थाका अध्यक्ष चन्द्र माया गुरुङले वताउनु भयो ।

सँयुक्त रुपमा आयोजित सर सफाइ कार्यक्रम हिमालयन आँखा अस्पताल परिसर बाट शुभारम्भ गरि हिमालयन बोर्डिङ स्कुल परिसरमा समापन गरिएको थियो ।
हिमालयन टोल विकास सँस्थाका अध्यक्ष कार्यक्रम चन्द्रमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रम टोलि अफिस अध्यक्ष पदम किरण थापाले सञ्चालन गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस