
पोखरा ,
जेष्ठ २२ बिहिवार । बाबा फाउन्डेसन नेपालले विश्व वातावरण दिवसको अवसरमा सर सफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको सहकार्यमा बाबा फाउन्डेसन नेपाल द्वारा आयोजित कार्यक्रमको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा वृक्षारोपण तथा सर सफाइ कार्यक्रम फाउन्डेसनसनका अध्यक्ष दिलिप राज श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रवनानि किरण वहादुर रानाभाट लाई बृक्ष हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

निमित्त प्रमुख प्रवनानि रानाभाटले विश्व वातावरण दिवसको अवसरमा फाउन्डेसनले आफ्नै कार्यालय परिसरमा सर सफाइ तथा वृक्षारोपण कार्यक्रमको आयोजना गरेकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको तर्फ बाट धन्यवाद दिदै खुसि ब्यक्त गर्नु भएको थियोे
निमित्त प्रमुख रानभाटले प्लास्टिक जन्य फोहोरको कारण पर्यावरण साथै मानव स्वास्थ्यमा असर पर्ने उल्लेख गर्दै फाउन्डेसनले वातावरण सँरक्षढमा पुर्याएको योगदानको प्रशंसा गर्दै फाउन्डेसन द्वारा गरिएको वृक्षारोपण कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनेमा आफू आशावादी रहेको वताउदै कार्यालयको तर्फबाट रोपिएका वृक्षको सँरक्षण गर्ने प्रतिवद्दता जनाउनु भयो ।

सोही अवसरमा फाउन्डेसनको तर्फ बाट अध्यक्ष श्रेष्ठले वृक्षारोपण गर्नुका साथै डस्विन समेत हस्तान्तरण गर्नुका साथै वातावरण र हरियाली अभियानका लागि फाउन्डेसन सदा प्रतिवद्द भएर लाग्ने वताउदै ग्रिनसिटि क्लिनसिटिको अवधारणा लाई सबै मिलेर अगाडि बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।
वृक्षारोपण तथा सर सफाइ कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रसनि सक्षम लामिछानेको समेत उपस्थिति रहेको थियोे भने, फाउन्डेसनका पदाधिकारी साथै सदस्य लगायत ट्राफिक प्रहरी कार्यलय अफिसर तथा प्रजहरुको समेत उपस्थिति रहेको थियो ।

