Tuesday, January 20News That Matters

टिपरमा ठक्कर खादा सवारी दुर्घटना एकजनाको ज्यान गयो

यो समाचार शेयर गर्नुहोस्

पृथ्वी राजमार्ग सडकखण्ड भण्डारढिकमा जेष्ठ २३ गते शुक्रबार आज बिहान करिब ४.४५ बजे सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ।
पोखरा बाट तनहु तर्फ जाँदै गरेको ग १० प ४९९२ मोटरसाइकल सोही सडकको बायाँ तर्फ रोकि राखेको ग १ क ४२०४ नम्बरको टिपरको (ढुङ्गा लोड गरेको )पछाडि भागमा ठक्कर खाइ सवारी दुर्घटना हुदा मोटरसाइकल चालक उदयपुर जिल्ला कटारि नपा वडा नम्बर १० का बर्ष ३१ का भिम वहादुर विक घाइते भइ उपचारका पश्चिम क्षत्रिय अस्पताल पोखरामा लगिएकोमा चिकित्सक द्वारा करिब ५.२८ बजे मृत घोषणा गरेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटित दुवै सवारी साधन इलाका प्रहरी कार्यालय शिशुवा डाडाकोनाक नियन्त्रणमा राखिएको छ।
तनहु जिल्ला घिरिङ गापा ४ का बर्ष ५० का टिपर चालक दुल वहादुर राना प्रहरीको नियन्त्रणमा रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिकृया दिनुहोस