
पोखरा,
कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो, पोखराबाट खटिएको टोलीले आइतबार विभिन्न समयमा विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पोखरा–१८, लामागाउँबाट दुई जना पक्राउ
करिब ४ बजे लामागाउँबाट लागुऔषध कारोबारमा संलग्न रहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की तथा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले लामागॅंउ बस्ने ५१ वर्षीय गोरे पुन र ऐ .ऐ बस्ने २७ वर्षीय शंकर घलेलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ७५ मिलिग्राम लेखिएको ट्यापेण्टाडोल ब्राण्डका १०० थान ट्याब्लेट फेला परेको छ।

पोखरा–४, नालामुखबाट एक जना पक्राउ
त्यसै दिन दिउँसो करिब २:३० बजे नालामुखबाट सुनसरी घर भई हाल पोखरा–६ बस्दै आएका ३५ वर्षीय सुरज सुनार पक्राउ परेका हुन्। वडा कार्यालय बगर तथा सि.आर.भी. बाग्लुङ बसपार्कबाट खटिएको टोलीले नियन्त्रणमा लिई उनको साथबाट १०० मिलिग्राम लेखिएको ट्यापेण्टाडोल का ७५ थान र ७५ मिलिग्राम लेखिएको ट्यापेण्टाडोल का ८ थान गरी कुल ८३ ट्याब्लेट तथा नगद २०००० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
पोखरा–५, धारापानीबाट दुई जना पक्राउ
यसअघि दिउँसो करिब ३:३० बजे जिल्ला प्रहरी कार्यालय कास्की तथा लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले धारापानीबाट बागलुङ गलकोट–१ घर भई हाल पोखरा–५ बस्ने २० वर्षीय मौसम पुन र पोखरा–५ अर्चलबोट बस्ने १९ वर्षीय राज मगरलाई पक्राउ गरिएको थियो। उनीहरूको साथबाट शरीरमा लुकाइएको १६ थान ट्यापेण्टाडोल, ३०० ग्राम गाँजा र एक थान मोबाइल बरामद गरिएको छ।
पक्राउ परेका सबै पाँच जनालाई लागुऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ िन को म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

