Friday, January 16News That Matters

दुर्घटना न्युनिकरण तथा सचेतनाका लागि गण्डकी प्रदेसभर ट्राफिक सप्ताह२०८२ शुभारम्भ

यो समाचार शेयर गर्नुहोस्

पोखरा


नेपाल प्रहरी राजमार्ग सुरक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेसले जिम्मेवार चालक म ,जिम्मेवार पैदलयात्रु हामी, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारि भन्ने मुल भन्ने मुल उदेश्य सहित बढ्दो दुर्घटना न्युनिकरणका लागि सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८२ ट्राफिक सप्ताह आज आइतबार प्रभातफेरि कार्यक्रम सहित सुरु गरेको छ।

पछिल्लो समय बढ्दो सवारी दुर्घटनाबाट जनधनको क्षति हुँदै आइरहेको र यसको न्यूनिकरणका लागि नागरिक नै सचेत हुन आवश्यकता रहेकाले जनचेतना जगाउने उदेस्य सहित गण्डकी प्रदेशमा आइतबार देखि ट्राफिक सचेतना सप्ताह सुरु भएको हो ।
आज पहिलो दिन ट्राफिक सप्ताह शुभारम्भ समारोहका बीच गण्डकी प्रदेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ट्राफिक सप्ताह शुभारम्भको सुरुवात गर्नु भयो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालय प्रमुख प्रहरी उपरीक्षक दान वहादुर थापाका अनुसार गण्डकी प्रदेश अन्तर्गत मातहत रहेका सबै जिल्लामा एकैसाथ सवारी दुर्घटना न्युनिकरण गराउन सप्ताहव्यापि कार्यक्रम सुरु गरिको छ । सप्ताहव्यापि ट्राफिक सचेतना कार्यक्रम बाट दुर्घटना न्युनिकरणमका लागि सहयोग पुग्ने
प्रमुख प्रहरि उपरक्षक थापाले वताउनु भयो ।

पछिल्लो समय बढ्दो सवारी दुर्घटनाबाट जनधनको क्षति हुँदै आइरहेको र यसको न्यूनिकरणका लागि नागरिक नै सचेत हुन आवश्यकता रहेकाले जनचेतना जगाउने उदेस्य सहित गण्डकी प्रदेशमा आइतबार देखि ट्राफिक सचेतना सप्ताह सुरु भएको हो ।
आज पहिलो दिन ट्राफिक सप्ताह शुभारम्भ समारोहका बीच गण्डकी प्रदेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ट्राफिक सप्ताह शुभारम्भको सुरुवात गर्नु भयो ।

वहाले सडक सुरक्षाको सवालमा गण्डकी प्रदेश सरकारले सहयोग गर्दै आएको भएपनि आवस्यकता अनुसार जति गर्नुपर्ने त्यति सहयोग गर्न स्रोतको अभाव भएको वताउनु भयो ।

सोही अवसरमा वहाले सडक व्यवस्थापनका लागि हालै गण्डकीमा राइड सेयरिङ नियमावली समेत लागु गरेको सुनाउनु भयो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दुई वर्ष यता छाडा चौपायका कारण पोखरामा सवारी दुर्घटना शन्य भएको जनाउदै , वहाले छाडा चौपायका कारण दुर्घटना हुँदै आएपनि त्यसको न्युनिकरण भएको बताउनु भयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी दीनेश कुमार आचार्यको अध्यक्षतामा सम्पन्न ट्राफिक सप्ताह उद्घाटन समारोहमा गण्डकी प्रदेशका प्रमुख सचिव शोभाकान्त पौडेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका गण्डकी प्रदेश संयोजक केदार पौडेल, गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापा सोही कार्यालयका प्रहरी नायव उपरीक्षक गोपिकृष्ण सुवेदी लगायतले बोल्नु भएको थियोे ।

सप्ताहको पहिलो दिन प्रभातफेरी सहित उद्घाटन कार्यक्रम सम्पन्न भएको छ भने ,दोस्रो दिन सडकमा स्वयंसेवक परिचालन गरी सचेतना गराउनुका साथै प्रशिक्षण प्रदान गर्ने, तेस्रो दिन ग्रामिण सडक लक्षित प्रशिक्षण कार्यक्रम संचालन गर्ने , चौथो दिन सडक प्रयोगकर्ता लाई सचेतना तथा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
यस्तै पाँचौ दिनमा चालक परिचालक प्रशिक्षण, छैटौं दिनमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण र सातौं तथा अन्तिम दिनमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने कास्की ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रनि शोभा पाण्डेले वताउनु भयो ।
साता भर जिल्लाका विभिन्न ठाउमा स्वयंसेवक परिचालन गर्ने, सडक प्रयोगकर्तालाइ ट्राफिक नियम बारे जानकारी गराउने, ट्राफिक सचेतनाका लागि माइकिङ गर्ने, बिभिन्न सार्वजनिक सवारिमा सवारीको क्षमता अनुसार सवारीमा स्टिकर लगाउनुका साथै मास्क समेत वितरण गरिने छ।

ट्राफिक सप्ताह शुभारम्भ प्रभातफेरि कार्यक्रममा विभिन्न सँघ सँस्था तथा सरोकार तथा सम्बन्धित निकाय साथै विभिन्न बिध्यालय बाट समेत शिक्षक बिध्यार्थि हरुको उपस्थिति रहेको थियो भने, विभिन्न वडा बाट आमा समूह साथै यातायात व्यवसायि सँघ सँगठन अध्यक्ष प्रतिनिधि ,यातायात मजदुर सँघ सँगठन अध्यक्ष प्रतिनिधि साथै आम सरोकार निकाय प्रतिनिधिको समेत उपस्थिति रहेको थियोे ।
एकसाता गरिने कार्यक्रम सातौ दिन भने दिप प्रज्जवलन गरि समापन गरिने प्रमुख पाण्डेले वताउनु भयो ।

प्रतिकृया दिनुहोस