Saturday, May 30News That Matters

नेसपाका १४ नेता माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष प्रचण्डद्वारा स्वागत

यो समाचार शेयर गर्नुहोस्

पोखरा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिको दोस्रो सम्मेलनको उद्घाटन समारोहका अवसरमा नेसपाका १४ जना नेताहरू माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ।

नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापाको नेतृत्वमा समुह पार्टी परित्याग गरी माओवादी केन्द्रमा समाहित भएको हो। उहाँहरूलाई पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष स्वागत गर्नुभयो।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले नवप्रवेशीहरूप्रति विश्वास व्यक्त गर्दै पार्टी सुदृढीकरणमा महत्वपूर्ण योगदान हुने अपेक्षा व्यक्त गर्नुभयो। सम्मेलनमा अन्य शीर्ष नेताहरूको उपस्थिति पनि उल्लेखनीय रह्यो।

प्रतिकृया दिनुहोस