Wednesday, April 22News That Matters

पोखरामा तामाको तार चोरीमा संलग्न चार जना पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा,

कास्की — जिल्लामा पटक-पटक नेपाल टेलिकमको तामाको तार चोरी हुने घटनाको अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीले चार जनालाई पक्राउ गरेको बताएको छ ।

मिति २०८२।०२।०८ गतेदेखि पोखरा महानगरपालिका वडा नं. १४ छिनडाँडामा नेपाल टेलिकमको कपर केबल र अन्य सामान चोरी हुने घटनाहरु बढ्दै गएपछि नेपाल टेलिकम पोखरा कार्यालयले प्रहरीलाई पत्राचार गरी कारबाहीको माग गरेको थियो।

प्रहरी टोलीले अनुसन्धान गर्दा चोरी गरिएका तामाको तार तथा अन्य सामानहरु कबाडी पसलहरूमा बेच्न खोजिएको खुल्न आएको थियो। मिति २०८२।०२।२३ गते वडा नं. १२ डिगालेथर र वडा नं. ८ स्थित कबाडी पसलमा छापा मार्दा चोरीका तामाको तार फुटाई बेच्न तयारी अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा मनोज कुमार सिंह (२२), करन कुमार शाह (२७), मुकेश कुमार (४२) र श्याम बहादुर तामाङ (३१) रहेका छन्। उनीहरू भारत बिहार र धादिङका स्थायी बासिन्दा हुन् र हाल पोखरामा बसोबास गर्दै आएका थिए।उनीहरूलाई चोरी तथा डाँका कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले बताएको छ।

प्रतिकृया दिनुहोस