Wednesday, March 11News That Matters

सुनचाँदी व्यवसायी संघ , सुनचाँदी रत्न तथा  हस्तकला महासंघ र आभूषण व्यवसायी  संघले संयुक्त आन्दोलन घोषणा गरेका छन 

यो समाचार शेयर गर्नुहोस्


पोखरा,

नेपाल सरकारको २०८२/८३ को बजेटमा सुन, चाँदी र बहुमूल्य पत्थरमा लाग्ने कर वृद्धिको विरोधमा सुनचाँदी व्यवसायीहरूले पोखरामा संयुक्त पत्रकार सम्मेलन गरी शान्तिपूर्ण तर सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्।

नेपाल सुनचाँदी व्यवसायी संघ, कास्कीनेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ, कास्की, र नेपाल हस्तकला महासंघ संयुक्त रूपमा प्रस्तुत भएको पत्रकार सम्मेलनमा कर वृद्धि नीति विरुद्ध स्पष्ट असन्तुष्टि व्यक्त गरेका छन ।

कार्यक्रम सञ्चालन संघका महासचिव पवन सुनारले गरेका थिए। सरकारको कर नीतिको विरोधमा काला पट्टी बाँध्नेपसलमा प्लेकार्ड राख्ने, र पसलमै विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि सार्वजनिक गरे। उनका अनुसार देशभरका करिब २५,००० सुनचाँदी व्यवसायीहरू एकजुट भएर आन्दोलनमा उत्रन लागेका छन्

नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ, कास्कीका अध्यक्ष भरत बीकेले भने, “हामीले सरकारलाई करिब १० अर्ब रुपैयाँ कर तिरेका छौँ। तर, सरकारले हाम्रो पीडालाई बेवास्ता गर्‍यो भने अझ कडा आन्दोलनमा जान बाध्य हुनेछौं।”

उक्त आन्दोलनले उपभोक्तालाई पनि असर पार्ने भएकाले राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष राजेन्द्र लिगलले व्यवसायीहरूको आन्दोलनप्रति समर्थन जनाउँदै सहभागी हुने बताएका छन्।

कार्यक्रममा सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष झबिन्द्र बिस्वकर्मा र महासचिव पवन सुनार दुबैले आ–आफ्नो धारणा राखेका थिए। उनीहरूले बजेटमा गरिएको २% विलासिता कर१०% कारोबार मूल्य कर, र बहुमूल्य रत्नमा १३% मूल्य अभिवृद्धि कर (भ्याट) पूर्णरूपमा खारेज गर्न सरकारसँग माग गर्ने निर्णय तथा  विरोध गर्दै यस्तो नीतिले व्यवसाय धराशायी हुने चेतावनी दिएका थिए।

महासंघहरूले छिमेकी राष्ट्र भारतमा लाग्नेभन्दा नेपालमा सुनचाँदीमा लागू भन्सार दर ४ प्रतिशत बढी रहेको जनाउँदै त्यसलाई भारतसरह ६ प्रतिशतमा झार्नुपर्ने माग पनि राखेका छन्। कार्यक्रममा विरोधस्वरूप जेठ २९ र ३० गते दुई दिनसम्म व्यवसाय बन्द गरी पसलको चाबीसहित स्थानीय जिल्ला प्रशासन कार्यालयमा पुगी विरोध जनाइने कार्यक्रम संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ, कास्कीका अध्यक्ष भरत बीकेले कार्यक्रमको बारेमा थप प्रकाश पार्दै थपे, “हामीले उठाउँदै आएको माग केवल व्यवसायिक हितसँग मात्र सीमित छैन, व्यवसायीहरूको आवाज सरकारले नसुने अझ कडा आन्दोलनमा जानु पर्ने चेतावनी समेत दिए।

राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष राजेन्द्र लिगलले सुनचाँदीका गहना यो सामाजिक र सांस्कृतिक पक्षसँग समेत गहिरो रूपमा जोडिएको छ। आजका विलासिताका वस्तु होइनन्, जीवनका महत्वपूर्ण अवसरहरू जस्तै-विवाह, व्रतबन्ध, पूजा-संस्कार आदिमा अनिवार्य रूपमा प्रयोग हुने आवश्यक वस्तु हुन्। यस्तो अनिवार्य वस्तुलाई ‘विलासिता’ को सूचीमा राखेर सरकारबाट गरिएको कर वृद्धिले व्यवसायमाथि मात्र नभई आम उपभोक्तामाथि पनि अन्याय भएको छ ।” पत्रकार सम्मेलनमा उनले सरकारको निर्णयप्रति गम्भीर चिन्ता व्यक्त गर्दै, जनताको आवश्यकता बुझ्न आग्रह गरे।

प्रतिकृया दिनुहोस