Saturday, November 8News That Matters

प्रदेस स्तरीय आयोजित ट्राफिक सप्ताह २०८२ सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापन साथै सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह सम्पन्न
सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८२ सम्पन्न भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको आयोजनामा दुर्घटना न्यूनिकरण गराउने उदेश्यका साथ आयोजना गरिएको सप्ताह शनिबार सम्पन्न भएको हो ।
ट्राफिक नियम सम्बन्धि सचेतना अभिवृद्धि गर्ने, सवारी दुघेटना न्यूनिकरण तथा रोकथाम, ट्राफिक नियमहरु प्रभावकारी कार्यान्वयन गर्ने, सरोकारवाला निकाय बिच समन्वय र सहकार्य तथा जनसहभागिता अभिवृद्धि गर्ने उदेश्यका साथ सप्ताह आयोजना गरिएको थियो । उक्त सप्ताह गण्डकी प्रदेशभित्रका सबै जिल्ला र मातहतका इकाइ, ट्राफिक प्रहरी पोष्टमार्फत सञ्चालन गरिएको थियो । एकसातामा ३ हजार ४१२ कार्यक्रम सञ्चालन गरिएको थियो भने २ लाख २२ हजार ३१२ लाभान्वित भएका छन् ।
सप्ताह अन्तरगत पहिलो दिन प्रभातफेरीसँग हेल्मेट लगाउने, सवारीमा स्टिकर टाँस, पर्चा पम्प्लेट वितरण लगायतका काम भएका थिए दोस्रो दिन स्वँयमसेवक परिचालन, अव्यवस्थित पार्किङ हटाउने लगायतका कार्यक्रम गरिएको थियो । तेस्रो दिन ग्रामिण सडक लक्षित प्रशिक्षण दिइएको थियो भने चौथो दिन सडक प्रयोगकर्ता प्रशिक्षण कार्यक्रम चलाइएको थियो । यस्तै पाँचौ दिन चालक परिचालक प्रशिक्षण कार्यक्रम, छैटौं दिन सवारी चालकहरुको स्वास्थ्य परीक्षण तथा सातौं दिन अन्तरक्रिया कार्यक्रमसँगै दिप प्रज्वलन गरी समापन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो।

ट्राफिक प्रहरी कार्यालय कास्कीमा समेत ट्राफिक सप्ताह २०८२ भब्यताका साथ सम्पन्न

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय द्वारा आयोजित सडक सुरक्षा ट्राफिक सप्ताह २०८२ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सफलताका साथ सम्पन्न गरेको छ।
ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख प्रनि शोभा पाण्डेका अनुसार कास्कीमा पहिलो दिन प्रभातफेरि कार्यक्रम ,हेलमेट लगाउने, सवारीमा स्टिकर टास गर्ने,पर्चा पम्पलेट वितरणगर्ने,दोस्रो दिन स्वयंसेवक परिचालन ,अव्यवस्थित पार्किङ हटाउने,तेस्रो दिन ग्रामिण सडक लक्षित प्रशिक्षण दिने चौथो दिन सडक प्रयोगकर्तालाइ ट्राफिक सचेतना गराउने ,पाँचौ दिन चालक परिचालक लाई प्रशिक्षण दिनु साथै सवारी प्रदुषण चेकजाँच गरिएको थियोे भने ,छैटौं दिन सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको थियोे भने सातौ दिन अर्थात अन्तिम दिन कार्यालय परिसरमा यातायात क्षेत्र सँग सम्वन्धित गण्डकी प्रदेस जिल्ला स्तरीय सँघ सगठन तथा कम्पनी अध्यक्ष प्रतिनिधि तथा पत्रकार हरु समेतको उपस्थितिमा अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको थियोे ।
सोही अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक दान वहादुर थापा लगायत प्रदेस प्रनि समेतको उपस्थितिमा अन्तरक्रिया तथा छलफल पश्चात् कार्यक्रम समापन भएको थियोे भने सोहिदिन शनिबार साँझ ७ बजे पोखराको पृथ्वी च‍ोकमा दिप प्रज्वलन गरिएको थियोे ।

आय‍ोजित ट्राफिक सप्ताहको पहिलो दिन मानवधिकार चोक बाट शुभारम्भ प्रभातफेरि कार्यक्रमको गण्डकी प्रदेस मुख्य मन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्नु भएको थियोे।

प्रतिकृया दिनुहोस