पोखरा
गण्डकी प्रदेशस्तरीय महिला टि–२० क्रिकेट प्रतियोगिताका लागि पर्वत जिल्लाले आफ्नो १४ सदस्यीय महिला टोली सार्वजनिक गरेको छ। कप्तानको जिम्मेवारी युवा खेलाडी कृषा अखेलीलाई दिइएको छ भने टोली बुधबारदेखि पोखरा रंगशालामा सुरु हुने प्रतियोगितामा सहभागिता जनाउँदैछ।
टोलीमा शुसिला भट्टराई, जिबिका क्षेत्री, प्रतिभा खड्का, अनुषा पौडेल, योगिता केसी, रिदिमा पौडेल, रोजिना चापागाईं, ऐनजल अधिकारी, बिपासा, ऐन्जल परियार, गरिमा केसी, जेनिशा शर्मा र दिपिका सापकोटा रहेका छन्। प्रशिक्षकको भूमिकामा अजय लामिछाने रहेका छन्।

गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा हुने प्रतियोगितामा कास्की, पर्वत, स्याङ्जा र नवलपुर गरी चार जिल्लाको सहभागिता रहनेछ। प्रतियोगिता अन्तर्गत पहिलो दिन (१८ गते बुधबार) कास्की र स्याङ्जा आमने–सामने हुनेछन् भने पर्वतले दोस्रो खेलमा नवलपुरको सामना गर्नेछ।
त्यस्तै पर्वतले १९ गते स्याङ्जासँग र २० गते कास्कीसँग प्रतिस्पर्धा गर्ने तालिका छ। आत्मबलले भरिएको पर्वत टोली कप्तान कृषाको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
