Tuesday, January 20News That Matters

कस्तो राजनीति सिङ न पुच्छर

यो समाचार शेयर गर्नुहोस्

हुन ता नीति मध्येको सबैभन्दा महत्त्वपूर्ण निति भनेकै राजनीति हो भनिन्छ ।

चाहे त्यो सानो सँस्था होस्, चाहे पाटि होस्, चाहे राष्ट्रनै किन नहोस् ,त्यसभित्र रहेर स्वँय त्यसभित्र बाधिएर  विधिको परिधि भित्र रहेर  त्यसलाई विधि, प्रकृया, नियम ,कानुन ,नियमावलि , आचरण, सहितको सवैधािन शुशासनयुक्त राज्य सँचालनका लागि बनाइने नीति लाई राजनीति भनिन्छ  र यसरी व्यवस्थित नीति ऐन कानुन निर्माता तथा सँचालकलाइ राजनितिज्ञ भनिन्छ ।

राजनितिज्ञले यस्तै गरि गर्ने  राजनितीले सिङ्गो देस मात्रै हैन विश्व व्यवस्थित भएर चल्न सक्छ। यदि यहि राजनीति गर्नेले राज्य सँचालन नीतिमा अलिकति पनि गडबड गर्ने हो भने, उहीँ गैल भैस पानिमे भनेजस्तै हुन सक्छ, देस डुब्न सक्छ देस हाक्ने डुब्न सक्छ । डुङ्गा पल्टिएपछि डुङ्गामा यात्रा गर्ने हरुले मात्रै हैन  खियाउनेले पनि पानी खान्छ।भन्नेकुरा विशेष गरेर असल राजनितिज्ञले बुझनु पर्छ। 

कुनैपनि सँघ सँस्था वा राजनितीक पाटि होस् वा राष्ट्र ह‍ोस् ती सबैठाउमा क्षेत्रमा रहेर जिम्मेवारी निभाउदै नेतृत्व उत्पादन गर्दै माथि जानेहरु सन्मानित मर्यादिा रहदै बिश्रााम लिने र आफुले तयार गरेका हरुलाइ नेतृत्वमा पुर्याउनु लाई सच्चा निति र सफल राजनिति भन्न सकिन्छ र ती राजनितिज्ञ लाइ राजनेता मान्न सकिन्छ ।

तर पछिल्ला केहि दसक यता  नत त्यस्तो राजनिती भएको छ न त राजनेता हुन लायक त्यस्ता राजनितिज्ञ रहेछन् भन्ने कुरा त पछिल्ला राजनितिक घटनाक्रम र केही राजनितीक इतिहास बोकेका परम्परावादि राजनितीक पाटि हरु भित्रभित्रै भुसको आगो झै सल्किन थालेको त्तगो र पुत्पुताउदै गरेको धुवाले सङ्केत गरेको छ।

जसमा गणतन्त्र नेपालको इतिहासमा दुई दुइ पटक सिङ्गो राष्ट्रकै अभिभावक राष्ट्र प्रमुख पदमा आसिन भएर पद समाप्ति पछि पनि अजम्वरि मर्यादाक्रम सहित सेवा सुविधा लिएर राष्ट्रपति भइ सकेकि विध्या भण्डारी र उस्तै उस्तै हैसियतमा र मर्यादामा रहेका उपराष्ट्रपति पासाङले पुन राजनितीमा फर्किने सङ्केत गरे सगै राष्ट्र प्रमुख पदको   मर्यादा ह्वात्तै घटेको छ। राजनीति दुर्गन्धित हुन थालेको छ।

जसले गर्दा नेपालको राजनिती सिङ न पुच्छर भन्नू पर्ने दुखद अवस्था सृजना हुदै थ जान थालेको छ।

एकातिर देसकै प्रमुख हरु देसको सबैभन्दा उच्चशिखर पदमा पटकपटक पुगेर तिन करोड नेपालि जनताले मान्ने महत्त्वपूर्ण पदमा रहेर राज्यको राज्यबाट प्राप्त सन्मान सेवा सुविधा लिन सम्म लिएर पुन राजनितीमा फर्किएर एउटा कुनै पाटिको नेता हुने सङ्केत गर्नु भनेको सिङ्गो राजनीति कै बदनाम हुवु मात्रै हैन राष्ट्र पति जस्तो पदको गरिमा र स्वाभिमानको अपमान गर्नु हो।

यता अर्कोतिर भन्दा सँघिय गणतन्त्र सहितको  समाजवादी लोकतन्त्र भन्ने तर देसैभर एउटा मात्रै पाटि हो र लगभग सबै पाटि भ्रष्टवाद बन्ने अनि निष्पक्ष न्यायालय लाई समेत भ्रष्ट माफिया हरुको  सँरक्षकको रुपमा स्थापित गर्न खोज्ने नेपालका विशेष गरेर ठुला ठुला पाटिका नेता भनिएका हरुले जुन हर्कत देखाइ रहेका छन्  यसले देसलाइ कहाँ पुर्याउछ भन्न सकिन्न । देस एउटा व्यवस्था एउटा सबैलाई समान देख्ने समानधिकार  सम्वैधानिक लोकतन्त्र भन्ने तर सानो वच्चाले पनि बुझ्ने गरि  न्याय नियम कानुन तोड्दै र पाएको मर्यादा लाई छोड्दै जाने हो भने लोकतन्त्र पनि त कति र कहिले सम्म  टिक्ला र ? 

कतै उस्तै उस्तै  प्रकृतिका मुद्दा र प्रकरणमा फरकफरक न्याय हुने कोहि जेलमै कुहिनु पर्ने कोहि कुहिनो नै ठोकाउदै खुलम्खुल्ला कुहिनो ठोक्दै सँसदमा प्रवेस गर्ने भएपछि नेपाली जनताले देखेपछि बुझेपछि अनि ८४ मा आवाज शुन्य मतवार नगर्लान् भन्न सकिँदैन।

 जसले गर्दा ठुला भनिएका राजनितीक दल र नेताहरुलाई ८४ को जनबाढले कसैलाई वल्लो तिर कसैलाई पल्लो भिर नपुर्याउला भन्न सकिँदैन। किन भने हरेक चिजको शुरुवात अन्त्य हुन्छ तर नेपालका राजनितीक दल र नेताहरुको राजनितीक यात्रा कहिल्यै पनि अन्त्य नहुने देखियो  किन भने नेपालको राजनीति विशेष गरेर कम्युनिष्ट नेताहरुको राजनीति ता सिङ न पुच्छर भनेजस्तो भएको देखिन थाल्यो । किनभने  नेपालका ठुला भनिएका दलका नेताहरुको राजनीति छेउ न टुप्पो, छैन फल तर झुप्पो भनेजस्तो भएको छ। इश्वर नमान्ने हरुले कमसेकम राजनितीक र  प्रकृतिक नियमलाइ ता मान्नु पर्ने हो। राजनितिक नियमले कहिल्यै पनि कसैलाई पनि अनेतिम गन्तब्यमा पुगेपछि विश्राम लिने हो फेरि फर्किएर पदिय मर्यादा र हैसियत लाइनै बिर्सिएर तल आउने हैन   तल बाट माथि जाने हो। विश्राम लिने हो राजनेत बन्ने हो।

तर नेपालका दल र नेताहरुको राजनिति ता सिङ न पुच्छर भाडभैलो उचाल् थैलो जसले गर्छ भाडभैलो उहीँ जहिले पनि पहिलो  भनेजस्तै भएकोछ।

प्रतिकृया दिनुहोस