Tuesday, May 12News That Matters

नक्कली प्रशिक्षार्थी पक्राउ : अर्काको नागरिकतामा फोटो टाँसेर ट्रायल दिन खोज्दा समातिए

यो समाचार शेयर गर्नुहोस्

पोखरा,
सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल दिन खोज्दा नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन्। पोखरास्थित यातायात व्यवस्थापन सवारी चालक अनुमति पत्र कार्यालय गण्डकी, कास्कीमा हलुका सवारी साधनको ट्रायल दिन आएका एक व्यक्तिले अर्कैको नागरिकतामा आफ्नो फोटो टाँसी सक्कली प्रशिक्षार्थी बनेर ट्रायल दिएको खुलेको हो।

शङ्का लागेपछि गरिएको भेरिफिकेशन प्रक्रियामा उनी नक्कली भएको पुष्टि भएपछि पक्राउ गरिएको हो। कार्यालयका प्रमुख मिलनबहादुर केसीका अनुसार उनले उक्त कार्यका लागि रु १० हजार रकम लिएको स्वीकार गरेका छन्।

उनलाई जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी भइरहेको ट्राफिक प्रहरी कार्यालय गगनगौंडाका प्रमुख प्रनि कृष्णबहादुर रानाभाटले जानकारी दिए। घटनासम्बन्धी थप विवरण भने आउन बाँकी छ।

प्रतिकृया दिनुहोस