पोखरा
हिन्दु सनातन धर्मावलम्बी हरुको पोखरामा विगत २४ बर्ष देखि गरिदै आएको श्रावण महिनाको हरेक सोमवार गरिने बोलबमको तयारि तिव्र बनाइएको छ।
पोखरा ६ बैदाम केदारेश्वर मन्दिरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत यो बर्षपनि अघिल्ला बर्षभन्दा पनि थप सुधार र परिवर्तन सहित आफ्नो तयारी अन्तिम चरणमा पुगेको केदारेश्वर महादेव मणि सेवाश्रम समितिले जानकारी गराएको छ।
यस बर्षको श्रावण महिनामा भने चार सोमबार परेको र जसमा ५ गते १२ गते १९ गते २६ गते परेको छ। पोखरा १ वगर शुक्लागण्डकि गाइघाट पुगेर १०८ धारामा स्नान गरि सेती नदिको जल भरिएका घडासहित भजन किर्तन बाजागाजा झाकि सहित ८ किलोमिटर दुरि पैदल यात्रा सहित केदारेश्वर मन्दिरमा पुगि जल अर्पण गरिने बोलबम सयोजक शँकर खरालले वताए।

बोलबमको नाराले शान्ति पाउन् साराले भन्ने मुलमन्त्रका साथ सञ्चालित बोलबम जलार्पण यात्राको सोही क्रममा भक्तजन हरुलाइ धार्मिक सँघ सँस्था तथा धार्मिक सेवाजनहरुको सहयोगमा चारै सोमबार ठाउँ ठाउँमा सर्वत पानी मोहिको साथै मन्दिरमा प्रसादिको समेत व्यवस्था गरिएको र स्वास्थ्य सेवाका लागि समेत व्यवस्था भएको उल्लेख गर्दै मन्दिर परिसरमा सरसफाइमा केन्द्रित हुँदै यस बर्ष भने जलार्पणका लागि प्लास्टिक जन्य थैला वोतल प्रयोग नगर्न र यत्रतत्र नफाल्न सबैमा आग्रह गरिने सँयोजक खरालले वताए।
श्रावण महिना भगवान शिवको महिना भएको धार्मिक परम्परा अनुसार एकचित्त भएर शिवको आराधना गर्ने ज्योतर्लिङ्गमा गँगाजल वेलपत्र चढाउने गरेमा मनले चिताएको पुग्ने सनातनि हिन्दु धर्मावलम्बीहरुको जनविश्वास रहेको छ।
केदारेश्वर र बोलबमको छुट्टै महत्त्व रहेको उल्लेख गर्दै १०८ धारामा स्नान गर्नु ८ किलोमिटर पैदलयात्रा १०८ शिवलिङ्गमा जलार्पण गर्न पाउने व्यवस्था समेत भक्तजनहरुका लागि केदारेश्वरमा मात्रै रहेको सँयोजक खरालले वताउनु भयो।अन्य ठाउमा भन्दा यी र यस्ता सँयोग र व्यवस्थाका कारण केदारेश्वर मन्दिरमा बोलबमको विशेष महत्त्व रहेको जनाउदै सबैमा यस पुण्य धाममा आएर जल चढाउन पनि आग्रह गरे।

सोही अवसरमा केदारेश्वर वैदिक गुरुकुल आश्रमका पिठाधिश डा.चित्घन चैतन्य महाराज लेखनाथ आचार्यले हाल सम्म ८० जना बालकको लागि धार्मिक आचरण सहित शिक्षादिक्षा आवासको समेत व्यवस्था रहेको र यसका लागि व्ययभार समेत उत्तिकै रहेको उल्लेख गर्दै ,केदारेश्वरमा हुने बोलबमको अत्यन्तै महत्त्व रहेको हुदा सिधै आएर जलार्पण गर्नु भन्दा गाइघाटदेखि ल्याएर जलार्पण गर्नुको छुट्टै महत्त्व रहेको वताए।
हरेक सोमबार मध्यानमा षोणस उपचार सहित विशेष पुजा आराधना भजन किर्तन गरिने छ भने सन्ध्यामा विशेष पुजा महाआरति साथै शिवसाधना हुने पिठाधिश महाराज आचार्यले जानकारी गराए।
विगतमा बोलबम यात्राका लागि भारतका बिभिनणन धार्मिक स्थलमा जानू पर्ने बाध्यता रहेकोमा पछिल्ला बर्षहरुमा भने भारत देखि भक्तजनहरु समेत आउन लागेको उल्लेख गर्दैयसरी निरन्तर गरिएको बोलबम यात्रा कार्यक्रमको प्रभावले गण्डकी प्रदेसकै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुग्नुका साथै केदारेश्वर धाम एक महत्त्वपूर्ण धामको रपमा स्थापित भएको उनले वताए।
सोही अवसरमा समितिका वरिष्ठ उपाध्यक्ष मिना भट्टराई, सचिव ओमनाथ अधिकारि कोषाध्यक्ष राम प्रसाद बस्ताकोटि लगायत धार्मिक ब्यक्तित्व समेतको उपस्थिति रहेको थियोे भने, व्यवस्थापन र बारे सचिव अधिकारी साथै उपाध्यक्ष भट्टराईले, प्रकाश पारेका थिए ।
