Saturday, November 8News That Matters

पोखरामा कोरोना संक्रमणबाट वृद्ध महिलाको मृ*त्यु, गण्डकीमा फेरि संक्रमण दर बढ्दै

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरामा कोरोना भाइरस संक्रमणका कारण एक ७४ वर्षीया महिलाको मृत्यु भएको पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खीमबहादुर खड्काले उक्त जानकारी दिएका हुन्।
उनका अनुसार ती महिला करिब आठ दिनअघि कोरोना पोजिटिभ देखिएर अस्पताल भर्ना भएकी थिइन्। “उहाँलाई अन्य दीर्घरोग पनि रहेका रहेछन्,” निर्देशक खड्काले बताए, “कोरोना पोजिटिभ भइसकेको थियो, हिजो मृत्यु भएको जानकारी आएको हो।”

मृतक महिला चरक अस्पतालमा उपचाररत थिइन्। अस्पताल प्रशासनका अनुसार उनलाई उच्च रक्तचाप र मधुमेहसमेत थियो। निर्देशक खड्काका अनुसार, “कोरोना संक्रमणसँगै अन्य स्वास्थ्य समस्याहरू पनि थिए, तर संक्रमण पुष्टि भइसकेको थियो, त्यसैले सम्बन्धित देखिएको हो।”

यसैबीच, गण्डकी प्रदेशमा पछिल्लो समय कोरोना संक्रमण दर फेरि बढ्न थालेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। अहिले प्रदेशभर ८ जना संक्रमित उपचाररत छन्, जसमा कास्कीमा ५ जना, बागलुङमा २ जना र स्याङ्जामा १ जना रहेका छन्।

प्रतिकृया दिनुहोस