Saturday, November 8News That Matters

पोखरामा नवजात शिशुको ह*त्या प्रकरणमा १ जना पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा

पोखरा महानगरपालिका वडा नं. १४ स्थित पृथ्वी राजमार्गको छेउमा जेब्रा झोलाभित्र फालिएको अवस्थामा एक नवजात शिशुको श*व फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

२०८१ असोज १३ गते साँझ एक छोरा जातको नवजात शिशुको शव जेब्रा झोलाभित्र फलाटिन्को कपडाले बेरिएको, रातो, गुलाबी र कालो रङको ब्लाङ्केटले छोपिएको अवस्थामा फेला परेको थियो।

घटनापछि जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतको टोली घटनास्थलमा पुगेको थियो। शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पोस्टमार्टम अनुसार घाँटी र टाउकोमा लागेको चोटका कारण मृत्यु भएको पुष्टि भएको छ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (प्र.ना.उ.) हरिबहादुर वस्नेतका अनुसार घटनामा संलग्न रहेको आशंकामा नुवाकोट जिल्ला बेलकोटगढी नपा–५ स्थायी घर भई हाल पोखरा म.न.पा. वडा नं. ९ नागढुङ्गामा बस्दै आएका ३७ वर्षीय गोविन्द लामिछानेलाई २०८२ साउन ४ गते पक्राउ गरिएको हो।

उक्त शिशु उनका आफ्नै संतान भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनकी श्रीमती सुत्केरी बेथा लागी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याउने क्रममा पक्राउ गरिएको हो।

जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस