देसमा जब सँघिय लोकतान्त्रिक गणतन्त्र आयो तब नेपालि जनता रैति बाट प्रजा हुँदै सार्वभौम सत्ता सम्पन्न राष्ट्रको नागरिक हुन पाएकोमा अत्यन्तै खुसि थिए।तर नेपालका दसकौ इतिहास बोकेका राजनितिक दल र खुब सत्ता शासन र विधिको शासनको अनुभव भएका नेताहरुको अकर्मण्यताकै कारण आज आएर नेपाली जनता यति दुखि छन् कि यति पिडित छन् कि यसको अनुुमान लगाउन पनि सकिने अवस्था छैन।
नेपाली जनताको मनमा कति असन्तुष्टि छ भन्ने कुरा सुन्न र हेर्न चोक बजारमा जानै नपर्ने भैसकेको छ।सामाजिक सञ्जालमा देखिएका पोष्ट र ती बोल्न पनि नमिल्ने सुन्न पनि नसकिने खालका हजारौं कमेन्ट नै पर्याप्त छन्। किन भने नेपालमा लोकतन्त्र आएपछि हिजोको राजतन्त्रको अवस्था भन्दा पनि देसमा भ्रष्टाचार र अराजकता बढ्दै गयो।हिजो लाइनमा लागेर भोट हालेका जनताकै अगाडि कुनै लाज सर्म नमानि भ्रष्टाचार गर्ने नेताहरु झन् सान सँग अगुवा पछुवा राखेर चिल्ला चिल्ला सवारीमा सयर गर्न थाले । नेपाली जनता दिनहु विदेसिएका छन्, लाखौ सर्वसाधारण जनता सहकारी पिडित छन् ।दलहरु भने तिनै सहकारी पिडितका नाममा र तिनलाई न्याय दिने वहानामा राजनीतिक प्रतिशोधको धन्दामा दल र नेताहरु लिप्त छन्।
स्वास्थ्य शिक्षा रोजगार नियुक्तिका नाममा राजनीतिक व्यापार हुन थाल्यो ।
राज्यको सम्पत्ति कतै ठेक्का पट्टा बर्षौका लागि आफ्ना पाटिका कार्यकर्ता निकटस्थ व्यापारी माफिया लाइ भाडामा दिएर अकुत सम्पत्ति कमाउने होडबाजीमा दलका नेताहरु लाग्न थाले जसले गर्दा नेपाली जनता पछिल्लो समय, यतिबेला कुनैपनि दल वा नेताको नाम लिने बित्तिकै नाक खुम्च्याउने मात्रै हैन ,हल पख चौरासि ता आउलानि भन्दै आक्रोश पोख्न थालेका छन्।
दलका नेताहरु पाटिमा मात्रै हावि हुन थालेनन् सत्तामा समेत हावि हुँदै, सत्ता स्वार्थमा यति रमाउन थालेकि सत्ता प्राप्ति भनेको रमाउनका लागि र कमाउनकै लागि हो भनेझैं गर्न थाले। जसले गर्दा सत्ताका लागि फरक विचार सिद्धान्त भएपनि कहिले कार्यगत एकताका नाममा त कहिले गठवन्धनका नाममा कहिले मोर्चाका नाममा कहिले सत्ता साझेदारीका नाममा जसरी भएपनि उहीँ एनि हाउ पैसा कमाउ भनेजस्तो गर्न थाले। त्यतिले मात्रै नपुगेझै गरि पाटि भित्र पनि गुटबन्दी मौलाउदै जान थाल्यो। पछिल्ला केही दसक यता यहाँ कुनै पाटि पनि बाकी रहेनन् लगभग सबै पाटि गुटबन्दी फुटवन्दिका सिकार हुँदै जान थाले।। तत्कालीन अवस्थाको विशाल पाटि माओवादी ,टुक्रा टुक्रा भएर गयो ,एमाले पनि टुक्रियो चोटिएर गयो ,राप्रपा टुक्रियो मधेसवादि दलहरु लगभग सबै टुक्रिएर गए। लगभग नेपालका राजनीतिक दल हरु टुक्रिएर पनि झन् टुक्रिदै गए। समग्रमा भन्नू पर्दा दलहरुमा टुक्रिने र चोइटिने रोगै लाग्यो ।
त्यति मात्रै हैन, एउटा दलमा मात्रै पनि हैन सबैदलमा भित्र भित्रै गुटबन्दी यति सलबलाउन थाल्यो कि यतिबेला त दलहरु भित्र भित्रै उहीँ बाहिर राम्रो देखिएको भित्र भने कुहिएको फर्सि जस्ता हुन थाले ।
आखिर टुट ,फुट ,गुटको शिकार भएका दलहरुमा पछिल्ला केहिदिन यता भने ठुलै हडकम्प मच्चिन थालेको छ।
यसरी हडकम्पा मच्चिनुको कारण पनि आखिर अरु केही नभएर सत्तालिप्सा सत्तालोलुप्ता नै हो भन्ने कुरा नेपालको अकासमा घाम झै छर्लङ्गै देखिन थालेको छ। यदि यस्तै ढङ्गले दल र नेताहरु सत्ता स्वार्थमा लागेर गुटगत लुटगत बाटोमा लागे भने उहीँ पहाड भत्कि पहिरो, पहिरो बन्यो वगर भनेजस्तै , पाटिहरु वगर समान हुनेछन् नेताहरु ढुङ्गा फुटि गिट्टि ,गिट्टि फुटि बालुवा भनेजस्तै नियति भोग्न बाध्य हुनेछन् ती दिन धेरै टाढा छैनन् ।
किनभने एकातिर दलहरु एकले अर्कोलाइ नङ्ग्याउने होडबाजीमा छन् । त्यति मात्रै नभएर अर्कोतिर एक पाटिले अर्को पाटिकोलाइ भित्तैमा पुर्याउने, आफ्नो पाटिका भने, भ्रष्टाचारिलाइ पनि बचाउने खेलमा छन् भनिरहनु पर्ने अवस्था छैन पर्दा उठि रहेछ।अर्कोतिर नेताहरु गुटबन्दीमा रमाउदै भित्र भित्रै एकले अर्कोको फुर्को समाउदै उहीँ गाइको पुच्छर समातेर वैतरणि तर्ने भनेजस्तै गरि रहेछन्।
यसको ज्वलन्त उदाहरण हेर्न अन्त कतै जानु पर्दैन ,नियाल्नु पर्दैन, उहीँ बर्षौ पहिले ३३ से र ७४ रे को नाम बाट पार लागेर विपिको नाम भज्दै आएको काङ्ग्रेस र दसौ बर्ष जनयुद्ध लडेर आएको माओवादी पाटिलाई हेरे पुग्छ, अनि केही बर्ष पहिले देखि चोइटिदै आएको मदन भण्डारीको नाम र उनको नाम जपेर राजनीति स्तम्भको आड लागेर आएको एमालेको गहिराइमा पुगेर उसको यतिबेलाको गतिविधि लाई नियाले हुन्छ। अरु कतै हेर्नु पर्दैन। भ्रष्टचारिु लाई बचाउने भ्रष्ट हरुको आधार विचित्रको ससार हेर्नु छ भने यिनै ठुला दल हरुलाइ हेरे पुग्छ।
यता शुशासन र लोकतन्त्रको गुणगान गाएर नथाक्ने हरु राष्ट्रको राष्ट्र प्रमुख राषट्रपति जस्तो ऐतिहासिक गरिमा भएको गौरवपुर्ण पदको महत्त्व र महिमालाइ नबुझे झै गरि राष्ट्र पति जस्तो पदमा रहेर पनि फेरि राजनितिमा होमिन खोजेका सङ्केत हरु देखा पर्न थालेका छन्। कोहिपनि ब्यक्ति राजनीतिमा आउनु नौलो कुरा हैन तर पुर्वराष्ट्रपति बिभ्या भण्डारी राजनितीमा आउन खोज्नु ऐतिहासिक नौलो कुरा हो। किन भने वहाले राजनीतिमा आउछु भन्नू मात्रै पनि राष्ट्र पति पदको गरिमा र उचाइलाइ घटाउनु हो भन्दा फरक नपर्ला। त्यति मात्रै हैन सिङ्गो एमाले पाटिमा हलचल मच्चिनु पनि हो। पछिल्ला राजनितिक घटनाक्रम लाइ हेर्दा भने ठुला दलहरु टुटफुट र गुटको सिकार हुने पक्का पक्कि छ।
