पोखरा, कास्की | गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–३ निवासी २५ वर्षीय प्रकाश गुरुङलाई कास्की प्रहरीले २ किलो ९ सय ग्राम गाँजासहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गुरुङ ग.६ प. १६३० नम्बरको मोटरसाइकलमा सवार भई खैरो रङको ‘North Face’ झोलामा गाँजा लुकाई पोखरा ल्याउँदै थिए। उनलाई साउन ६ गते अन्दाजी ५ बजे पोखरा–३२, लामेआहालस्थित राजमार्गमा चेकजाँचको क्रममा पक्राउ गरिएको हो।
प्रहरीले झोलाबाट २ किलो ९ सय ग्राम गाँजा, एक थान मोबाइल फोन र नगद १,००० रुपैयाँ बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) हरी बहादुर बस्नेतद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, गुरुङमाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान जारी रहेको छ।
प्रतिकृया दिनुहोस
