Monday, May 25News That Matters

सिन्धुलीमा हराएका हायु परिवार पोखरामा भेटिए

यो समाचार शेयर गर्नुहोस्

पोखरा

श्रावण १२ पोखरा सिन्धुली गोलन्जोर गाउपालिका वडा नम्बर ६ बाट केही दिन पहिले हराएका भनिएका हायु परिवारका सदस्य गगनगौंडामा फेला परेका छन् ।

उनीहरूलाई पोखराको माथिल्लो गगनगौडा क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पक्राउ परेका सबै १५ जनाले आफूहरू मजदुरी (लेबर) काम गर्न पोखरा आएको बताएका छन् ।
उनीहरू गगनगौडाका स्थानीय सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन्।
उनीहरू शनिबार पोखराको दुई ठाउँमा बसेका थिए ।
१२ जना लेकसाइडको हल्लनचोकमा रहेको होटेल जननीमा र बाँकी चारजना पोखरा–३०, गगनगौँडा स्थित चन्द्र भण्डारीको घरमा बसेको कास्की प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस