
पोखरा
पोखरामा पहिलोपटक ‘प्रथम ऐतिहासिक चाडपर्व उपहार कुपन योजना–२०८२’ औपचारिक रूपमा सुरु गरिएको जानकारी पत्रकार सम्मेलन बाट दिएको छ । कास्की जिल्लास्थित मोबाइल तथा इलेक्ट्रोनिक व्यवसायमा संलग्न ३१० भन्दा बढी प्रतिष्ठानको संयुक्त पहलमा सुरु भएको यस योजनाको उद्देश्य चाडपर्वको अवसरमा ग्राहकलाई आकर्षित गर्दै स्थानीय व्यापार प्रवर्द्धन गर्नु रहेको आयोजकहरूले बताएका छन्।

साउन १५ गतेदेखि सुरु भई माघ १५ गतेसम्म सञ्चालन हुने यो योजना अन्तर्गत सहभागी पसलहरूबाट मोबाइल वा इलेक्ट्रोनिक सामान खरिद गर्ने ग्राहकहरूले उपहार कुपन पाउनेछन्। “मोबाइल तथा इलेक्ट्रोनिक सामान खरिदमा उपहार, बाइक स्कुटर हातमा” भन्ने मूल नाराका साथ अघि बढाइएको योजनामा करिब ३ लाख कुपन वितरण गरिनेछ।
हरेक महीनाको एकचोटी १०५ जनाले विशेष भाग्यशाली उपहार जित्ने आयोजकको भनाई रहेको छ ।
यस योजनामा भाग्यशाली ५०६ जना ग्राहकले विभिन्न उपहार जित्ने मौका पाउनेछन्। उपहारहरूमा १ थान मोटरसाइकल, १ थान स्कुटर, २ थान ल्यापटप, २ थान फोल्डेबल मोबाइल, २० थान स्मार्टफोन, ५ थान ३२ इञ्चका टेलिभिजन, १० राइसकुकर, १० इन्डक्सन, १२५ थान कीप्याड फोन, १२५ इयरबड्स, १२५ भित्ते घडी, १२५ स्मार्ट घडी, २० स्पिकर र ३० पावर बैंक समावेश छन्।

यस योजनालाई सफल बनाउन एम.आई मोबाइल मुख्य प्रायोजक रहेको छ भने एच.टिसि मोबाइल र फोर्थ नेशन्स इन्टर नेशनल एजुकेशन कंसल्टेंसी पोखराले टिकट प्रायोजन , Recrsi, र स्काई मोबाइल सह-प्रायोजक रहेका छन्।

कार्यक्रमको आयोजक नेपाल मोबाइल व्यवसायी संघ, गण्डकी प्रदेशले गरेको छ भने सहयोगी संस्थामा नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेश र नेपाल मोबाइल व्यवसाई महासंघ गण्डकी प्रदेश रहेको मूल आयोजक समिति का संयोजक चिन्तामणि खरेलले बताउनुभयो उहाँले ग्राहक, व्यवसायी, सहयोगी संस्था र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै योजनालाई सफल बनाउन सहयोगको आह्वान गर्नुभएको छ।

