Saturday, November 8News That Matters

ट्राफिक प्रहरी माथि हातपात गरेको आरोपमा स्कुटर चालक प्रहरी नियन्त्रणमा ७ दिनको म्याद थप

यो समाचार शेयर गर्नुहोस्

पोखरा

श्रावण ११,पोखरा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत ट्राफिक प्रहरी माथि डिउटिको बेला हातपात भएको छ।

“पोखराको पालिखेचोकमा आइतबार ड्युटीमा खटिएका ट्राफिक प्रहरी पुरुषोत्तम चन्द्र क्षेत्रीले महेन्द्र पुलतर्फ ट्राफिक जाम भइरहेको बेला सवारी सहज गराउने क्रममा ग २४ प ४३०२ नम्बरको स्कुटरलाई रोक्न खोज्दा चालक नरोकिई अगाडि बढे। इसारा गरेर ‘किन नटेरेको?’ भनी सोधपुछ गर्दा स्कुटर चालक, पोखरा–३ निवासी ४८ वर्षीय भगत ताम्राकार, फर्किएर आएर ट्राफिक प्रहरी क्षेत्रीमाथि हातपात गरेका थिए,” कास्की ट्राफिक प्रहरी सूचना अधिकारी तथा वरीष्ठ प्रहरी नायब निरीक्षक (व.प्र.नि) किरण रानाभाटले जानकारी दिए।

तेर्सापट्टि तर्फबाट आइरहेको स्कुटरलाइ इसारा गरि रोक्न खोज्दा अटेरी गरि अगाडि गएपछि किन अटेरि गरेको भनेपछि स्कुटर चालकले केहिपर अगाडि स्कुटर रोकि फर्किएर विवाद गर्न खोज्दा आफुले जिप्रका हिड भनेपछि एका एक हेलमेटले हिर्काएको ट्राफिक प्रहरी क्षेत्रीले वताए।

ट्राफिक प्रहरी क्षेत्रीका अनुसार आफू माथि आक्रमण भएपछि त्यहा वरपर रहेका प्रत्यक्षदर्सि हरु समेत छुट्याउन आएको बेला समेत हेलमेटले हान्ने प्रयास गरेपछि उनलाई जिल्ला प्रहरी कार्यालय कास्की लगेपछि कार्यालय परिसरमा समेत आफ्नो युनिफर्म च्यातिदिएको चश्मा समेत फुटालि दिएको दाहिने भागमा चोट पुगेको वताए।
ट्राफिक प्रहरी र स्कुटर चालक बिच विवाद र हातपात भएको भिडियो सामाजिक सञ्जालमा सर्वत्र आइ रहेको छ भने , ट्राफिक प्रहरीले आफू माथि हातपात अभद्र व्यवहार गरेको वताएका छन् भने, स्थानियमा अनुसार ट्राफिक प्रहरीले हातपात गरेपछि मात्रै स्कुटर चालकले हेलमेटले हानेको वताइएको छ।

स्कुटर चालकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएपछि ट्राफिक प्रहरी क्षेत्रीले उनी विरुद्ध अभद्र व्वहार गरेको जाहेरी दिएको वताएका छन्।
हातपात गर्ने ताम्राकार लाई थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिकृया दिनुहोस