Friday, January 16News That Matters

बुटिक एसोसियसन नेपाल द्वारा ,पोखरा डिजाईनर्स फेशन वीक २०२५ आयोजना

यो समाचार शेयर गर्नुहोस्

पोखरा – वुटिक एशोसियन नेपालले यहि श्रावण ३० गते शुक्रबार पोखरा डिजाइनर्स फेसन विक २०२५ आयोजना गर्ने भएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बद्लिदो फेसन सगै डिजाइनर मोडल तथा कारीगरहरूको क्षमता तथा प्रतिभालाइ थप वृद्धि गर्न बल पुग्ने अपेक्षा सहित उनिहरुको क्षमता र प्रतिभालाइ प्रस्तुत गर्नेअवसर प्रदान गर्ने उद्देश्यले फेशन शाे आयोजना गर्न लागिएको वुटिक एसोसिएन नेपालले मङ्गलवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।

आयोजित प्रस्तुत वीकमा देसैभरका उत्कृष्ट मोडलहरुले र्याम्पमा उत्रिएर पाेखराका डिजाइनरहरू सुष्मा थापा पाण्डे, सपना गुरुङ घले, ईन्दिरा लामिछाने, स्वेता भट्टराई लम्साल, कमला गुरुङ, अमित बराल, शान्ति श्रीष मगर, रेनु सुब्बा, रीना श्रेष्ठ, सृजना श्रेष्ठ, अस्मी गुरुङ, शोभा गुरुङ, मञ्जु क्षेत्री र कल्पना गुरुङले तयार पारेका ड्रेस मार्फत प्रस्तुति दिने छन्।

अभिनेत्री करिश्मा मानन्धर, अन्जना बराइली, सनीषा भट्टराई, अभिनेता प्रिन्स सिंह, माेडेल कृशल श्रेष्ठ, पुर्ब मिस नेपाल इन्टरनेशनल २०१२ सुवेक्षा खड्का, मिस नेपाल २०१९ मीरा कक्षपति, मिसेज दार्जिलिङ २०२३ प्रेना लामा शाे स्टपरका रूपमा रहने आयोजक एसोसिएसन नेपालले जनाएको छ।

वुटिक एसोसिएसन नेपालले पोखरा डिजाईनर्स फेशन वीक आयोजना गरि स्थानीय कपडा , परम्परागत ढाचा आधुनिक क्रियटिभिटि समेत सयोजन गरि आधुनिक डिजाईनको संयोजन मार्फत परम्परागत सांस्कृतिक विविधतालाई समेट्नुका साथै यसले स्वदेसि फेसनलाई विश्वव्यापी रुपमा अघि बढाउने लक्ष्य सहित कार्यक्रम आयोजना गर्न लागिएको संस्थाकी अध्यक्ष ईन्दिरा लामिछानेले बताउनु भयो ।

फेशन वीकले परम्परा र आधुनिकता लाई सयोजन गर्ने मात्र नभइ नयाँ रचनात्मक तथा व्यवसायिक अवसरहरू सिर्जना गर्ने अवसर पनि प्रदान गर्ने वहाले वताउनु भयो

आयोजित डिजाइनर्स फेसन विकले डिजाइनर, मोडल र कारीगरहरूका लागि आफ्नो प्रतिभा प्रस्तुत गर्ने प्लेटफर्म उपलब्ध गराउने विश्वास रहेको उल्लेख गर्दै, पोखराको फेसन उद्योगलाई थप विश्वसनिय तथा सम्वृद्द बनाउने विश्वास लिएको अध्यक्ष लामिछानेले वताउनु भयो।

आयोजित फेसन विकले डिजाइनरहरूलाई आफ्ना सिर्जनाहरू प्रदर्शन गर्ने अवसरको रुपमा मात्र होइन, गण्डकी प्रदेशको सांस्कृतिक पहिचान र सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चिनाउनुका साथै पुलको रूपमा पनि काम गर्ने सँस्थाका सचिव कमला गुरुङले बताउनु भयो ।
आफुहरुले आयोजना गरेको फेसन विक कार्यक्रमले गण्डकी प्रदेशमा पर्यटन प्रबर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने वहाले बताउनु भयो ।

वहाले २०७४ सालमा स्थापना भएको बुटिक एसोसियसनले मोडल, डिजाइनर, दर्जी र कारीगरहरूलाई रोजगार र तालिम उपलब्ध गराउँदै आर्थिक रुपले सबल बनाउदै आएको जानकारी गराउनु भयो ।
सँस्थामा हाल ३० भन्दा बढी आजीवन सदस्य र ३५ भन्दा बढी साधारण सदस्यहरू रहेको वताउनु भयो ।

प्रतिकृया दिनुहोस