ल है आयो गाइजात्रा ,यता गयो गाई जात्रा, उता गयो गाइजात्रा, माथि देखि तलसम्म, उतादेखि यतासम्म जताततै गाई जात्रै गाइजात्रा , सरकारमा गाइजात्रा सदनमा गाइजात्रा सडकमा गाइजात्रा ,कतै नेताहरुकै जात्रा कतै कार्यकर्ताको जात्रा ,कतै भाइजात्रा दाइजात्रा, देवरजात्रा, भाउजू जात्रा बाउजात्रा ,जताततै जात्रैजात्रा, सहयोगि चाहियो ,पिए चाहियो ,यता नियुक्ति उता नियुक्ति अघिपछि जताततै नियुक्ति आफ्नैलाइ मात्रै ,
कस्तो पढेर मात्रै नहुनि ,कित पैसा कि त पाटिकै हुनु पर्नि, युवाहरु जागिर नपाएर भौतारिएर रुनु पर्नि। स्वदेसमा बसेर के गर्नि कि त तिम्रै अघिपछि हिड्नु पर्नि, कि त बिदेस खाडि तिरै लाग्नु पर्नि,ल भने ए नेता स्वदेसमा बसेर के गर्नि,।
स्वास्थ्यमा जात्रा, शिक्षामा जात्रा, खेलकुदमा जात्रा यातायातमा जात्रा , विमानस्थलमा जात्रा ,अख्तियार अदालतमा जात्रा न्यायालयमा जात्रा ,जताततै जात्रै जात्रा , सबै मन्त्री नेता माननीय,अड्डका हाकिम हरुका लागि सुखै सुखका जात्रा ,घुस लिदै गर्दाका र दिदै गर्दाका जात्रा ,जनता लाई भने दुख्खै दुखका जात्रा, हस्पिटलमा लाइनैलाइ भिडै भिडको जात्रा विमानस्थलमा जाउ बिदेसिने युवाहरूको लाइन र भिडै भिडको जात्रा,
देसैभर जताततै जात्रा मात्रै कहाँ होर ,कतै भ्रष्टाचारको आरोप लागेका हरुको सिहदरबारको यात्रा, कतै भ्रष्टाचारिको आरोप लागेका हरुको जेल यात्रा ,
सरकार कहाँ छ मन्त्री कहाँ छन् कहाँ छन्,।नेपाली जनता रोइ रहेछन्। नेतालाइ पाटि र कार्यकर्ता व्यापारीकै चिन्ता, यस्तै गर्दै गए भने यिनलाइ पनि रुनु पर्छ एकदिन ता,
देस र जनताप्रति कहाँ चिन्तित छौ र ,एकले अर्काको खुट्टा तान्नमै व्यस्त छौ ,देसलाइ ध्वस्त पार्ने भौ।
फुर्सद पनि कती नभाको, कतै कसैले कसैलाई फसाउने परिपञ्च, कतै कसैले कसैलाइ फसाउने ,परि पञ्च।
ए नेता भन्देउ न लौन यसरी देस बन्च।
देसको माया छैन कसैलाइ, हाकिमले गल्ति गरे कारवाहि हुन्छ हल्दार असैलाइ, भ्रष्टाचार पनि कति गर्छौ , भिसा फ्रि देखी ,गिरिवन्धु टि सम्म, वालुवाटार सिहदरवार देखि भ्यु टावरसम्म ,ललिता निवास देखि पशुपतिनाथ सम्म ,पासपोर्ट देखि नागरिकता सम्म, सहिद घाइते वेपत्ता सम्म, सत्ता देखि सेवा सुविधा भत्तासम्म ,भन्सार देखि धन्सार सम्म ,ढुङ्गा वालुवा देखि माटो र बाटो सम्म, खोलानाला देखि वन जङ्गल डाँडाकाडा सम्म, नुनदेखि सुनसम्म,कति गर्छौ भ्रष्टाचार ।
,हिजो भन्थ्येउ राजतन्त्रले गर्यो अन्याय अत्याचार , राजाले भन्दा पनि हजारौं गुणा गर्यौ तिमिले भ्रष्टाचार ,ल है बेलैमा होस पुर्याउनु जनताले सडकमा तानेर पार्लान् लछारपछार पार्लान् लछारपछार ।
काखिमुनि बसिन्जेल, मन्त्री पनि दिन्छौ भन्यौ ,बा दाइ भनिन्जेल, हिजो सम्म थियो मेल ,भ्रष्टाचारि लाइ छाड्दिन के भन्न थाल्या थ्यो रविले बिरालुलाइ बाघ बनाइएच भन्दै उसैलाई पठाइदियौ जेल
यो तिम्रो कस्तो राजनीति खेल गर्नु सम्म गर्यौ झेल , जनताले बुझि सके तिम्रा राजनीतिक जालझेल । कहिले सम्म पनरणछौ हत्केलाले छेल।
हिजो सहकारी पिडितका नामा आँसु झार्यौ।ल भन त सहकारी पिडितका लागि सिन्को भाच्यौ ।
कहिले सत्ताको लडाइ लड्यौ, कहिले जुङ्गाको लडाइ लड्यौ ।मनपरि अर्यौ साढेको जुधाइ बाच्छाको मिचाइ भनेजस्तो गर्यौ।जताततै भाइ भाइमा लडाइको बिउ छर्यौ,अब ता अलिकति लाज मानेरै छातिमा हात राखि भन त तिम्ले ता गणतन्त्रको वेइज्जत पो गर्यौ ।
के … लाई के …पच्दैन के …लाइ के …पच्दैन भनेजस्तो गर्यौ ,तिमिलाइ पनि पचेन। तिम्रै राजनितीक स्वार्थले गर्दा हेर त विश्वसामु राष्ट्रको स्वाभिमान पनि त बचेन।
बेच्यौ उध्योग, बेच्यौ कलकारखाना बेच्यौ नदिनाला, जनताले ता हिजै शङ्का गरेका थिए ,तिम्रो ठिक थिएन चालामाला।
भन्ने बेला भन्छौ हामी फरकफरक पाटि
काङ्ग्रेस कम्युनिस्ट कुनै पनि छैनौ रहेन्छौ यहाँ खाटि ,सत्ता मात्रै भए हुनि रैछ , माग्यौ भोट जनतालाई ढाटिढाटि ,गर्नुसम्म भ्रष्टाचार मात्रै कहाँ हो र कमिसन पनि खायौ चाटि चाटि ।
, भागबन्डा सत्ता पाए एउटै पाटिजस्ता बन्छौ । यसो कुरो बिगरियो कि गालि गलौज मात्रै कहाँ हो र एकले अर्काको खोइरो मात्रै खन्छौ,।
खोइरो मात्रै कहाँ खन्चौ एकले अर्को लाई भ्रष्टाचारि भन्छौ ए नेता तिमी कति बिग्रियौ भन त सद्दे कहिले बन्छौ।
किन किन कुर्चिका लाइ र्याल मात्रै काढ्छौ गठवन्धनका नाममा शासन सत्ता बाड्छौ, भनेजस्तो भएन कि सदन मात्रै कहा हो र, पाटि भित्रै भाड्छौ। नढाटि भन्द्यौ ए ठुलदाइनेता , बा नेता हो, तिमिले पाटि अध्यक्ष अनि राजनीति कहिले छाड्छौ। चौरासी पनि टाढा छैन, आउँछ भोलि पर्सि अब पनि सच्चिएनौ भने हिड्नु पर्ला तर्सि तर्सि ।
उमेरले नेटो काट्यो पुग्नै थाल्यौ चौरासि ,
चौरासीको पुजा गर अहिल्यै उमेर पुग्यो होला चौरासि।
हल फेरि उमेदवार होउला फेरि एकपटक बौरेसि। ढुक्क हुनु तिरासि पछि, आउँछ है चौरासी ।
कहिले सम्म गर्छौ यस्तै आलोपालो खुम्चिएरै देखिनै छाड्यो तिम्रो गालो। यस्तो उमेर हुदा पनि किन थाप्छौ राजनितीको जालो।
बर्षौदेखि जनतालाई ढाट्नु ढाट्यौ, अब ढाट्न छाडिदेउ सत्तरि पनि काटयौ। हिजो सतेताका लागि विचार सिद्धान्त सग कुर्चि साट्यौ।
देसैभर जताततै जहिले पनि देखाउछौ गाई जात्रा,
अब पनि जनतालाई धोका दियौ भने
तिम्रो पनि होला जेलयात्रा ।
ए नेता किन सत्ता भागबण्डाका लागि गर्छौ गठवन्धन र एकता, तिम्रै सत्ता स्वार्थले गर्दा देस जादैछ कता।
हिजो सम्म तिम्ले भाषण गर्दा बज्थ्ये हजारौं तालि अहिले हेरत तिम्रै स्वार्थले गर्दा देसै हुन थाल्यो खालि।खालि भा को मात्रै कहाँ हो र सामाजिक सञ्जाल हेर त, कमेन्टमै हजारौं छन् गालि। अब पनि सच्चिएनौ भने युवाले सत्ता चलाउनेछन् तिम्लाइ टिपेर फालि । कहिलेभन्छौ विचारको लडाइ, कहिले सत्ता र कुर्चिका लागि लड्छौ , भन त ए वेता यसरी तिमी कहिले अघि बढ्छौ। यति सारो नगनाउ अलि अलि ता बसाउ,सत्ता स्वार्थका लागि ,ए नेता जोरि शत्रु नहसाउ अबता ।
