पोखरा -२ भाद्र -कास्की कोट पोखरा सम्पर्क समितिले महिलाहरुको चाड हरितालिका तिज दरखाने कार्यक्रम २ गते सोमवार सम्पन्न गरेको छ।
समितिले कास्कीकोट र पोखराआइ पेशा व्यवशाय गर्दैबसोबास गरि रहेका कास्की कोटका दिदिबहिनी हरुलाइ विगतका बर्ष जस्तै यस बर्ष पनि दरखाने कार्यक्रमको आयोजना गरेको हो।

आयोजित दर खाने कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यालय कास्की प्रमुख रुद्रादेवि शर्माले दिप प्रज्वलन गरि उद्घाटन गर्दै महिला हरुका लागि तिज महत्त्वपूर्ण पर्वको रुपमा रहेको वताउदै यस्ता चाड पर्वमा गरिने कार्यक्रम बाट केहि रकम छुट्याएर दुखि विपन्न परिवारका बालबच्चा हरुलाइ शिक्षा प्रदान गर्नका लागि सुझाउदै आगामी बर्ष यस्तै कार्यक्रम बाट केही रकम छुट्याएर यस्ता सहयोगि कार्यक्रम गर्न आग्रह गरिन् ।
उपस्थित सबैमा महिला हरुको विशेष पर्वको रुपमा मानिदै आइरहेको तिजको छुट्टै महत्त्व रहेको उल्लेख गर्दै सबैलाइ तिजको शुभकामना दिइन् ।
विशिष्ट अतिथि सम्पर्क समितिका पुर्व अध्यक्ष तथा सल्लाहकार एवम् पोखरा महानगर पालिका वडा नम्बर २४ अध्यक्ष भरत वहादुर अधिकारिले आफू पनि यहि समितिमा पुर्व अध्यक्ष समेत रहेको उल्लेख गर्दै समितिलाइ थप अगाडि बढाउन र परिमार्जन सहित सँरक्षणका लागि आफू सदैव तयार रहेको वताए।

यस्ता कार्यक्रमले कास्की कोटमा जन्मिएर हुर्किएर जो जहाँ भएपनि भेटघाट गर्ने माध्यमको रुपमा रहेको जनाउदै एक आपसमा चिन जान हुने र सद्भाव र एकतामा बल पुग्ने विश्वास ब्यक्त गर्दै धन्यवाद दिदै उपस्थित सबैमा तिजको शुभकामना दिए ।
कार्यक्रममा कास्की कोट सम्पर्क समितिका परिकल्पनाकार वेधनिधि शर्मा, सस्थापक अध्यक्ष दुर्गा प्रसाद तिमिल्सिना ,डा यम प्रसाद तिमिल्सिना, समिति सल्लाहकार सन्तु सुवेदी ,समितिका पुर्व अध्यक्ष पदाधिकारि साथै वडा सदस्य कृष्ण प्रसाद सुवेदी ,सरास्वस्ति त्रिपाठि , वडा सचिव इन्द्र जिसि ,सल्लाहकार सन्तु सुवेदी , उध्योग बाणिज्य सँघका महासचिव शोभा गौतम लगायत विभिन्न सँघ सँस्था प्रतिनिधि समेतको उपस्थिति रहेको थियोे ।

आयोजित दरखाने कार्यक्रममा आजिवन सदस्यहरु लाई प्रमुख अतिथि द्वारा सन्मान तथा आजिवन सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियोे ।
समितिका अध्यक्ष चिन्तामणि अधिकारिको अध्यक्षतामा शुभारम्भ गरिएको कार्यक्रममा समितिका योगेन्द्र सुवेदीले स्वागत मन्तब्य दिएका थिए भने ,तिजगित मार्फत दुर्गा गिरिले स्वागत गरेकि थिइन्, कार्यक्रम समितिका सचिव डिल्लीराम भट्टराईले सँचालन गरेका थिए ।
