Tuesday, January 20News That Matters

पोखरा १३, आर्वा मडकेल्नामा आजको सवारी दुर्घटना

यो समाचार शेयर गर्नुहोस्

पोखरा

सोमबार बिहान करिब ९:४० बजे, आर्वा १३ स्थित मणीदीप देखी पोखरा तर्फ आउँदै गरेको ग १ ख ४०२७ नम्बरको बस दुर्घटना भएको छ। प्रारम्भिक विवरण अनुसार, बस चालकले नियन्त्रण गुमाउँदा सडक छेउको नालिमा ठोक्किँदै दुर्घटना भएको हो।

“बिना बराल प्रत्यक्षदर्शीका अनुसार, अरू सबैलाई चोट लागेको छ – कसैलाई टाउकोमा, कसैलाई नाकमा, कसैलाई खुट्टामा र कसैलाई मुखमा। आफूलाई भने टाउकोमा बढी दुखिरहेको छ भनेर उनले बताइन्।”

“डिलमा गएको भए भिर थियो, बाचिने थिएन। कुनामा ठोक्किएर बाचियो। भगवानले आज बचाउनु भयो,” भन्दै उनले घटनाको विवरण सुनाइन्। 

बसमा सवार २२ जना यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि गण्डकी अस्पताल पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ।

घटना सम्बन्धी विस्तृत विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस