पोखरा,
पोखरा महानगरपालिका–८ ईन्द्रपुरी मार्गस्थित घरमा लागू औषध लुकाइछिपाइ राखेको अवस्थामा एक जना पक्राउ परेका छन्।

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले सोही स्थानका ४६ वर्षीय रमेश थापाको घर कोठामा खानतलासी गर्दा ब्रुफिनुर्फिन १६१ एम्पुल, डाइजापाम १३५ एम्पुल, फेनेरागन १६४ एम्पुल गरी ४६० एम्पुल लागू औषध, गाँजा ४ किलो १०० ग्राम, डिजिटल तराजु १ थान र मोबाइल १ थान बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद सामग्रीसहित थापालाई नियन्त्रणमा लिएर जिल्ला अदालत कास्कीबाट छ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरी बहादुर बस्नेतले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
प्रतिकृया दिनुहोस
