Tuesday, January 20News That Matters

मापसे गरि मोटरसाइकल चलाइ दुर्घटना गराउने दुई युवा प्रहरी नियन्त्रणमा

यो समाचार शेयर गर्नुहोस्


पोखरा महानगर पालिका वडा नम्बर ६ केदारेश्वर मन्दिर गेट अगाडि मोटरसाइकलको ठक्कर बाट एक महिला घाइते भएकि छन्।
पोखरा १७ का बर्ष १८ केश गिरिले मापसे गरि हाकेको
म .प्र .०३-०३७ प ९२२५ नम्बरको मोटरसाइकलले भाद्र ११ गते बिहानको करिब ६.३६ बजेको समयमा कास्की पोखरा ६ केदारेश्वर मन्दिर गेट अगाडि फुटट्याकमा पैदल हिडिरहेकि तनहु जिल्ला भिमाद नपा १ घर भइ प‍ोखरा ७ बस्ने बर्ष ४४ कि कमला श्रेष्ठलाई ठक्कर दिदा घाइते भएकि छन् ।
बायाँ हातको कुममा चोट लागि घाइते भएकि उनलाई उपचारको लागि मेट्रोसिटि अस्पतालमा लगिएको वप्रका वैदामले जनाएको छ। उपचार पछि करिब ९ बजे उनलाई डिस्चार्ज गरि सकेको बैदाम प्रहरीले जनाएको छ।

मापसे गरि सवारी दुर्घटना गराउने युवालाई वप्रका वैदामले नियन्त्रणमा लिएको छ।
सोही दिन करिब ७.१० बजे पोखरा ६ सेन्टरपोइन्ट स्थित पार्किङ गरि राखेको BAa 0605 नम्बरको ट्याक्सिलाइ ग ८ प ६७१२ नम्बरको मोटरसाइकलले ठक्कर दिदा दुर्घटना भएको छ।
पोखरा १४ चाउथे बस्ने बर्ष ३० दिपेश बिष्टले मापसे गरि सवारी चलाएको पाइएकोले उनलाई सोही स्थान बाट वप्रका बैदामले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा मानविय क्षति नभएको टेक्सिमा भने क्षति भएको वप्रका बैदामले जानकारी दिएको छ।
मोटरसाइकल चालक दुबै लाई मापसे गरि लापरवाहीका साथ सवारी हाकेर दुर्घटना गराएकोमा अभद्र व्ववहार सम्बन्धि मुद्दा दर्ता गरि क्रमश: एक जनालाई ५ दिन र अर्का एकजना लाइ ७ दिनको म्षाद थप गरिएको वप्रका बैदाम प्रमुख डिएसपि नमराज भट्टराई वताउनु भयो ।

प्रतिकृया दिनुहोस