Tuesday, February 10News That Matters

उत्कृष्ट विद्यार्थी लक्ष्मी विध्या पदकबाट सन्मानित, पत्रकार बिष्ट पुरस्कृत

यो समाचार शेयर गर्नुहोस्

आइतबार नेपालकै प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी ग्रुपले स्थापना गरेको र पोखरा पोखराको जेष्ठ उध्योग तथा व्यापारीक सँस्था उद्योग वाणिज्य सँघले सञ्चालन गर्दै आएको नेपालको प्रतिष्ठित व्यवशायिक घराना लक्ष्मी ग्रुपले स्थापना गरेको लक्ष्मी विद्या पदक शनिबार एक विशेष समारोहका आयोजना गरि तीनजना उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिएको छ। ।
उध्योग बाणिज्य सँघको ७१औँ साधारण सभाको उद्घाटन कार्यक्रमको अवसरमा कास्कीका विभिन्न क्याम्पसका विद्यार्थीलाई सम्मान गरिएको छ भने पत्रकार विष्ट लाई पुरस्कृत गरिएको छ। ।

यस वर्षको आयोजित सन्मान कार्यक्रममा लक्ष्मी विद्या पदक–२०८१ बाट एमबीएसतर्फ दीपा तिवारी (पृथ्वी नारायण क्याम्पस), बीबीएतर्फ प्रमिशा सापकोटा (ला ग्राण्डी इन्टरनेशनल कलेज) र बीबीएसतर्फ विजय सुवेदी (पृथ्वी नारायण क्याम्पस) सम्मानित भएका छन् ।

स्थापित विध्या पदक सँगै स्नातकोत्तर विद्यार्थीलाई रु. २५ हजार र स्नातक विद्यार्थीलाई रु. १५ हजार नगद पुरस्कार सन्मान साथै ताम्रपत्र, दोसल्ला र माला सहित नेपाल उद्योग वाणिज्य महासँघका वरिष्ठ उपाध्यक्ष तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ, सँघका अध्यक्ष गोकर्ण कार्की र लक्ष्मी ग्रुपका अर्का कार्यकारी निर्देशक सुनिल श्रेष्ठले प्रदान गरेका हुन् ।
हालसम्म ७३ जना विद्यार्थी यो पदकबाट सम्मानित भइसकेका छन् यो पदक सन् १९९८ मा ‘पोखरेली नवरत्न’ सम्मान प्राप्त बुद्धि बहादुर श्रेष्ठले अक्षयकोष स्थापना गरेका हुन्

सँघकै साधारण सभाको अवसरमा पिसिसिआई आर्थिक पत्रकारिता पुरस्कार–२०७९ बाट वरिष्ठ पत्रकार मोहनकुमार (आरजु) विष्ट सम्मानित भएका छन् । समारोहमा प्रमुख अतिथि अन्जन श्रेष्ठ, अध्यक्ष गोकर्ण कार्की लगायतले उनलाई नगद रु. २५ हजार, दोसल्ला र सम्मानपत्र प्रदान गरे ।

साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय रहदै आएका विष्ट सन् २००१ (२०५८ साल) देखि रेडियो अन्नपूर्णमा निरन्तर कार्यरत छन् । हाल सफल न्यूज डटकमसहित विभिन्न सञ्चारमाध्यमसँग आबद्ध उनी आर्थिक, पर्यटन, सामाजिक र साहित्यिक पत्रकारितामा सक्रिय रहदै आएका छन् ।
२०७२ सालदेखि सुरु गरिएको यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान हुँदै आएको हो । हालसम्म पाँच जना पत्रकार यो पुरस्कार बाट सम्मानित भइसकेका छन् ।

आय‍ोजित सँघकै सभामा कपडा व्यवसायि सँघलाइ बस्तुगत सँघको रुपमा सम्मान गरिएको छ ।स‍ सन्मान् तथा पुरस्कार वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया दिनुहोस