Tuesday, February 10News That Matters

पोखरा र काठमाडौंमा जेन–जेड आन्दोलनः कफ्र्यू आदेश जारी, गोली लागेर घाइते र देशभर १९को मृत्यु

यो समाचार शेयर गर्नुहोस्


पोखरा – जेन–जेडको आन्दोलन अनियन्त्रीत भएसँगै पोखरामा कफ्र्यू आदेश जारी गरिएको छ। आन्दोलनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तोडफोड समेत गरेका थिए।

प्रदर्शनकारीले प्रदेश वन मन्त्रालयको बा२झ ४२२ नम्बरको गाडी तोडफोड गरेका छन्।


प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको थियो। कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म शहीद, राष्ट्रबैंक चोक र मुख्यमन्त्रीको कार्यालय आसपासको क्षेत्रमा कफ्र्यू आदेश जारी भएको जानकारी दिइन्।


पोखरामा रबरको गोली लागेर विनेस गुरुङ घाइते भएका छन्। उनको आँखा भन्दा माथिको भागमा गोली लागेको र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस