पत्रकार विष्टको जन्म दिन मनाउने फरक शैली मानवसेवामा समर्पित
पोखरा- २९ गते आइतबार जन्मदिन मनाउने परा्परागत शैली आधुनिकता तर्फ लम्किदै गर्दा पछिल्लो समयमा भने जन्मदिन मनाउनै शैलिमा परिवर्तनआउन थालेको छ। यस्तो परिवर्तन आएसँगै फरकफरक ढङ्गले जन्मदिन मनाउन थालिएको छ। पोखराका पत्रकार आरजु विष्ट सल्यानिले आफ्नो जन्मदिन मनाउदा मानवसेवा मार्फत जन्मदिनलाइ रक्तदान जिवनदानको रुपमा स्थापित गराउदै आइतबार पोखरामा रक्तदान गरेका छन्।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखा कार्यालयमा आयोजित कार्यक्रममा उनले २५ औं पटक रगत दिएर उदाहरण प्रस्तुत गरेका हुन्।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाकी सभापति उर्मिला खड्काले गण्डकी प्रदेशमा हिजो जस्तो रगतको आवस्यकता परेमा पावर र पौच भनसुन गर्नु पर्ने अवस्था अन्त्य भएको वताउदै प्रदेसमा अब देखि निःशुल्क रगत उपलब्ध हुने व्यवस्था रहेको उल्लेख गर्दै कास्कीमा रगत सहजै पाइने र रक्तदानले समाजलाई ठूलो राहत दिने बताइन्।
उनले रक्तदान गर्ने मानिसलाई स्वस्थ्य मानिने र “रगत दिएपछि मोटाइन्छ” भन्ने भ्रम निराधार भएको समेत प्रष्ट पारिन्।

सोही अवसरमा रेडक्रस शाखाका सचिव अर्जुन ज्ञवालीले शाखाले दैनिक २५ युनिट रगत संकलन गर्ने लक्ष्य लिएको बताए। उनका अनुसार रेडक्रस कार्यालयमै रक्तदान गर्न सकिने सहज व्यवस्था मिलाइएको छ।
रेडक्रसका मन्त्री सन्तोष अधिकारीले गण्डकी प्रदेश सरकारले रेडक्रसलाई ४ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। उनका अनुसार आधुनिक सँरचना निर्माणका लागि करिब ६ करोड रुपैयाँ अझै आवश्यकता रहेको वताए ।साथै सरकारले रगतमा ९८ प्रतिशतसम्म शुद्धता कायम गर्ने लक्ष्यसहित खानेपानी सुधार र फलामे चुलो निर्माण अभियानलाई पनि अघि बढाइरहेको बताए।

कार्यक्रममा आरजु विष्टसहित जन्मदिनमा खुसियाली साट्न पुगेका सात जनाले रक्तदान गरेका थिए। विष्टले आफ्नो जन्मदिनलाई मानव जीवन बचाउने माध्यमको रुपमा जन्मदिन मनाउन पाउँदा खुशी लागेको बताए।
पोखरा ८ सृजना चोक स्थित रेडक्रस भवनमा एक कार्यक्रमका बिच केक काटेर उनलाई खादा सहित उपस्थित सबैले जन्मदिनको शुभकामना दिए पश्चात् उनको जन्मदिन लाइ नया ढङ्गले मनाउने क्रममा सोसाइटी कास्की शाखा अध्यक्ष उर्मिला खड्काले रक्तब्याग हस्तान्तरण गरि रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको थियोे ।
अत्यन्तै फरक शैलिमा जन्मदिन मनाइएको सो कार्यक्रममा पत्रकार महनसघ गण्डकी प्रदेस महासचिव जमुना बर्षा शर्मा कास्की शाखा अध्यक्ष माधव वराल रेडक्रस परिवार लगायत पत्रकार हरुको समेत उपस्थिति रहेको सो अवसरमा सहजिकरण तथा रक्तदान कार्यक्रम सञ्चालन सराङकोट रेडियो प्रमुख कृष्ण थापाले गरेका थिए।
