Tuesday, January 20News That Matters

कास्कीमा चाडपर्व विशेष सुरक्षा योजना लागू

यो समाचार शेयर गर्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीले  चाडपर्वको समयमा सुरक्षालाई प्राथमिकता दिँदै “चाडपर्व विशेष सुरक्षा योजना २०८२” लागू गरेको छ। चोरी, ठगी, लुटपाट, मादक पदार्थको गैरकानुनी कारोबार, जुवा–तास जस्ता अपराध नियन्त्रणका लागि योजना अनुसार अतिरिक्त प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस योजना अन्तर्गत सहरका भीडभाडयुक्त स्थान, बजार, ग्रामीण क्षेत्र, पर्यटकीय गन्तव्य तथा संवेदनशील क्षेत्रमा विशेष गस्ती, निगरानी र चेकजाँच कडाइ गरिएको छ। आवतजावतका मार्ग, हाटबजार, मेलापर्व र मनोरञ्जनस्थलमा समेत शान्ति सुरक्षा कायम गर्न प्रहरी टोली सक्रिय रहने जनाएको छ।

“यस्ता अपराध तथा सम्भावित खतरालाई मध्यनजर गर्दै, नियन्त्रणका लागि योजना अनुसार ९२३ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।”

सूचना अधिकारी मोहन बहादुर बस्नेतले प्रेस विज्ञप्ति मार्फत उक्त जानकारी दिएका हुन्।

प्रतिकृया दिनुहोस