बर्षौ देखि मनाउदै आइरहेको नेपाल र नेपालीको सबैभन्दा ठुलो चाडपर्व दशै यतिबेला भने धुवाको मुस्लोबाट अन्धकार भएको अवस्थामा गुजि्ररहेको छ। देसका लागि भबिष्य ती जेनजि युवनको रगतले लतपतिएको भुइ राज्यको सम्पत्ति जलेर नष्ट भएर बनेको खरानीमा परिणत बुद्द सीता जन्मिएको देस र रोइ रहेका आम नेपाली जनताले यतिबेला दसै पनि कसरी मनाउने भन्ने कुराले अलमलमा छन्। जताततै रगत र आँसु बगेको छ।बुद्ध सीता जन्मेको शान्ति भुमि तपोभुमिमा यस्तो हुन्छ भनेर न कसैले सोचेको थियो न कसैले कल्पना नै गरेको थियोे । पुर्वजहरुले लडाइ गरेर बचाएको देस नेपाल यसरी दसकौ पहिले स्थापित ऐतिहासिक महत्त्व बोकेका हाम्रा पुर्खा द्वारा निर्मित ऐतिहासिक तथा स्वाभिमानका धरोहरहरु यसरी क्षणभरमै खरानी हुन्छन्, देस आगोको मुस्लोमा परिणत हुन्छ ,भनेर कसले पो सोचेको थियो।
तर पुस्तौ देखिका राज्यका अभिलेख दस्तावेज इतिहास मात्रै हैन हामि हरेक नेपालीकै नेपालको सम्पति जनताका अभिलेख समेत जलेर खरानिका डल्ला भए। यतिमात्र हो र अभिलेख सगै पुस्तैनि देखि अभिलेखमा टासिंएका फोटा हरु समेत जलेर नष्ट भए। हिजो विरोध गर्दा पुत्ला जलाउने कसैका फोटा जलाउने चलन थियोे अहिले घर जलाउने परम्पराको शुरुआत भयो ।
त्यति मात्रै नभएर राज्यको सम्पति र जनताको सम्पत्ति समेत जलाउने काम भयो। नेपाली जनताको पहिलो जन्मदर्ता त्यसपछि नागरिकता, लाइसेन्स, विलवुक,लालपुर्जा ,पेशा व्यवशाय कर अभिलेखमा राखिएका सबै गरेर करिब आधा दर्जन फोटाहरु जले नजलाउने हरुका मात्रै जलेनन् ,जलाउनेहरुका समेत जले खरानी भए। भ्रष्टाचार विरुद्ध र सुशासनका लागि जेनजिहरुले गरेको आन्दोलनको पहिलो दिनमै सरकार यति निर्मम बन्यो कि आजसम्म दुुनियामा नभएको ,यसरी ती साना बालबालिका स्कुले बिध्यार्थि माथि यसरी गोलि चलाइयो कि ठाम्का ठाम् ढले ,सरकार यति गैर जिम्मेवार बन्यो सरकारले यति लापरबाही गर्योकि कुनै सिमा नै रहेन। देसैभर कतै रगतको खोलो बग्न थाल्यो, कतै देस जल्न थाल्यो ती जेनजिहरुले देसमा परिवर्तन ल्याउन देसको अवस्था बदल्न आएका जेन्जिलाइ सरकारले यसरी जिस्कायो कि भनाइ नै छ आगो र पानी सँग कहिल्यै नखेल्नु ,हो त्यसैगरि सरकारले जेन्जिहरु सँग भद्दा मजाक गर्दै आगो सँग खेल्यो देस बदल्न आएका जेन्जि हरु यति आक्रोश भएकि क्षणभरमै देस जल्न थाल्यो। शासकहरु धोति र टोपी सम्हाल्दै भाग्न थाले कतै आक्रमणमा परे । हेर्दा हेर्दै देस मात्रै जलेन दसकौ शासन सत्ता चलाएर देस र जनतालाई कहिल्यै पनि महत्त्व नदिएर शासन सत्तामा रमाउदै भ्रष्टाचार गरेर अकुत सम्पति कमाउदै थुपारेर राखेको सम्पत्ति घर बगला महलमा रहेका नेताहरुका धनपैसा दन दनति जलेर खरानी भए। सायद यसरी १०४ बर्ष सम्म शासन गरेका राणा हरुपनि भाग्नु र जल्नु परेको थिएन सायद देस यसरी जलेको थिएन ।सायद त्यतिबेला पनि राणा हरुले यसरी गोलि चलाएका थिएनन् ,सायद यति धेरै स्कुले बालबालिकाको यसरी रगत बगेको थिएन,सायद यतिधेरै देसैभर एकै दिनमा आमाहरुका कोख रित्ता भएका थिएनन् , इतिहासमै नभएको घटना भयो ती बिध्यार्थि हरुको बीभत्स हत्या भयो। बीभत्स नभनेर पनि के भन्ने सिधै निधारमा गोलि हानेर यसरी रगतको खोलो बगाए पछि यसलाइ यस्तो कार्यलाई क्रुर तानशाहको नाम दिदा पनि फरक नपर्ला।
त्यसैले भन्नै पर्ने हुन्छ शासक वहादुर साहसि निडर विवेकशिल दयालु हुनु पर्छ । तर शासकमा अहङ्कार घमण्ड हुनु हुदैन । रावणकै घमण्डले अहङ्कारले सिङ्गो लङ्का जलेर खरानी भएको थियोे भन्ने कुरा रामायणमा पढेका सुनेका हामिले अहिले भने आफै हामिले आफ्नो देस जलेर खरानी भएको र आफ्नै ती कलिला सन्ततिको रगत बगेको देख्नु पर्यो । कुनैपनि सवारी हाक्ने सवारी चालक होस् वा देस हाक्ने शासक होस् अनुशासन हिन अहङ्कारि घमण्डि भएर हात जिभ्रो र सवारी लापरबाही साथ हाक्यो भने न त सवारी दुर्घटना हुन बाट जोगिन सक्छ न त देस नै जोगिन सक्छ। न त त्यस्ता सवारी चालकले हाकेको सवारीका यात्रु हरु ढुक्कसँग यात्रा गर्न सक्छन् ,न त जोगिन नै सक्छन् । देसमा पनि ठिक त्यस्तै कुनैपनि देसको शासकमा त्यस्तै अहङ्कार घमण्ड अनुशासन हिन लापरबाही जिब्रो चलाउने हात चलाउने,नकारात्मक दिमाख चलाउने र देस चलाउने काम भयो भने के हुदो रहेछ कस्तो अवस्था बाट गुज्रनु पर्दो रहेछ ,आजसम्म हामी नेपालि जनताले भोगिरहेका छौ ,भोग्दैछौ।
कारण अरु केही नभएर देसमा भएका ठुला दल भनिएका नेताहरुको राजनीतिक लापरवाही र सत्ता स्वार्थ भ्रष्टाचार घमण्ड अहङ्कार नै हो। लोकतन्त्रका नाममा मनपरितन्त्र गर्दै शुशासनलाइ विलय गराउदै भ्रष्टाचार माफियातन्त्र लाई प्रसय दिदै देस र जनताका माग लाई सम्बोधन नगरि मनोमानी ढङ्गले शासन चलाएर सत्ता स्वार्थमा रमाउदै नेताहरु देस र जनताप्रति गैर जिम्मेवार बन्दै जान थालेपछि देस पुरै भ्रष्टाचारमा चुर्लुम्म डुब्न थालेपछि न्याय माथिनै राजनीतिक हस्तक्षेप भएर भ्रष्ट हरु राजनीतिक कवचमा सुरक्षित हुन थालेपछि अघिल्लो पुस्ता पनि राजनितीका नाममा पिछलग्गु हुँदै जान थालेपछि अघिल्लो पुस्तामा देस र जनता भन्दा पनि सत्ता भत्ता स्वार्थमा केन्द्रित हुन थालेपछि , सरकार शासकमा मै हु, मै जान्ने सुन्ने सृष्टिकर्ता ब्रम्हा बिष्णु महेश्वर जस्तो बन्न थालेपछि र शासकमा अहङ्कार को भुत सवार भएको देखिन थालेपछि , उहीँ भनाइनै छ ,अती गर्नु अतिचार नगर्नु ठिक त्यस्तै अति भएपछि राजनीतिमा खासै चासो नराख्ने जेनजि हरु पढाइ पुर्णत सकिन नपाउदै कि त जागिरका लागि स्वदेसमा भौतारिनु पर्ने कि त बिदेस पलायन हुनु पर्ने कि त यिनै दल र नेताहरुकै अघिपछि राजनीतिक दलिय दास बनेर अघिल्लो पुस्ता जस्तै गरेर झोला बोक्नु पर्ने कि त खोलाको बालुवा माटोमा खेल्नु पर्ने कि त वेरोजगार भएर भौतारिनु पर्ने बाध्यात्मक अवस्था सृजना हुन थालेपछि जेनजि पुस्ता पनि यसरी ब्युझियो कि जसरी रातको १२ बजे भुकम्प आउदा मानिस ब्युझन्छ ,ठिक त्यसै गरि ब्युझ्यो ,र अहिले नबोले कहिले बोल्ने ,हामी नबोले को बोल्ने भन्ने नारा सहित भ्रष्टाचार अन्त्य सुशासन स्थापनाको माग सहित आन्दोलनमा निसक्न बाध्य भयो र सडकमा के निस्किएको थियो , सरकारले असिने गोलि बर्साएर आफ्नो नाङ्गो हस्तक्षेप गरि लोकतन्त्र लाई समेत उदाङ्गो पारे छाड्यो । जसले गर्दा दसको बनी बनाउ लोकतान्त्रिक पद्धति व्यवस्थापन नीति अवस्था भत्किएर गयो फलस्वरूप सरकारले राजिनामा दिन तक पाउने समय पाएन हतारमा राजिनामा दिएर सरकार विघटन भयो अन्तरिम सरकार बन्यो।
कुनैपनि देसमा हो यस्ता आन्दोलन हुन्छन् सरकारले यदि समयमै सँयमता अपनाएन शासकले अहङ्कार देखायो भने ,शासकले नादानि देखायो भने, आगो र पानिसग भद्दा मजाक गर्यो भने के हुन्छ आगोको झिल्को फैलियो भने र पानिले असलि रुप लियो भने कस्तो बाढि आउँछ भनेजस्तै जन आक्रोसले आगोको रुप लियो पानिले बाढिको रुप लियो भने के हुन्छ के कस्तो सम्म हुन सक्दो रहेछ,भन्ने कुराको ऐतिहासिक उदाहरण यो भन्दा अरु के हुन सक्छ। त्यसैले अबका दिनमा शासकले पक्कैपनि यो युगमै नभएको राष्ट्रिय दुर्घटना लाई स्मरण गर्दै ती होनहार देसको भबिष्यको चिन्ता लिएर देसका लागि रगत बगाएका दर्जनौ जेन्जिहरुको सपना पुरा गर्ने गरि देस र जनताप्रति जिम्मेवार बनेर शासन सत्ता चलाउनेछन्। फेरि धुवाको मुस्लोबाट अर्को बिहानि आउनेछ। खरानी बाट देस फेरि उठ्नेछ । धुवाको मुस्लोबाट अन्धकार भएको देसमा फेरि उज्यालो ल्याउन नेपाल आमाका सन्तति नेपाली जनताका छोराछोरी देसकै भबिष्य जेनजि फेरि उठ्नेछ आसा गरौ रोइ रहेको देस फेरि हास्नेछ।
अबका दिनमा शासकले पक्कैपनि यो युगमै नभएको राष्ट्रिय दुर्घटना लाई स्मरण गर्दै ती होनहार देसको भबिष्यको चिन्ता लिएर देसका लागि रगत बगाएका दर्जनौ जेन्जिहरुको सपना पुरा गर्ने गरि देस र जनताप्रति जिम्मेवार बनेर शासन सत्ता चलाउनेछन्। फेरि धुवाको मुस्लोबाट अर्को बिहानि आउनेछ। खरानी बाट देस फेरि उठ्नेछ । धुवाको मुस्लोबाट अन्धकार भएको देसमा फेरि उज्यालो ल्याउन नेपाल आमाका सन्तति नेपाली जनताका छोराछोरी देसकै भबिष्य जेनजि फेरि उठ्नेछ आसा गरौ रोइ रहेको देस फेरि हास्नेछ।
