Saturday, November 8News That Matters

पोखरामा गण्डकी अटो मेकानिकल वर्क्सले गाडी मर्मतमा सहयोगको पहल

यो समाचार शेयर गर्नुहोस्

पोखरा,


कात्तिक २०८२ – गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन, नयाँबजार, पोखरा ले हालैका आन्दोलनका क्रममा क्षति पुगेका गाडीहरुको मर्मत गर्न पहल थालेको छ। महासचिव विजयेंद्र चौधरी र अध्यक्ष विष्णु प्रसाद अधिकारीका अनुसार, एशोसिएसनले देशभरका ३२१ वर्कसपलाई आवद्ध गर्दै सामाजिक, रचनात्मक कार्य र तालिममार्फत सदस्यहरुलाई नयाँ प्रविधि अनुसार तयार पार्दै आएको छ।


एशोसिएसनले जनाएको छ, “तोडफोड र आगजनीका कारण क्षति पुगेका गाडीहरू सहुलियत मूल्यमा मर्मत गर्ने तयारी छ। यसले स्थानीय व्यवसायलाई प्रवर्द्धन गर्ने साथै अनावश्यक विदेशी खर्च कम गर्नेछ।”
साथै, एशोसिएसनले आफ्ना सदस्यहरुको व्यवसाय प्रवर्द्धन, वर्कसप सरसफाई, डेङ्गु नियन्त्रण र सचेतनामुलक कार्यक्रमहरू निरन्तर गर्दै आएको छ।

यस पहल मार्फत गाडी व्यवसायीहरूलाई करको दायरामा ल्याउने र देश विकासमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ।
महासचिव चौधरीले भने, “हामी सबैले मिलेर स–साना पहलबाट देशको सहयोग गर्न सक्छौं। प्रशासनसँग आवश्यक सहयोगका लागि पनि अनुरोध गरेका छौं।”


यसरी, गण्डकी अटो मेकानिकल वर्क्सको पहलले व्यवसायीहरूलाई मात्र नभई सामान्य नागरिकलाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस