Saturday, November 8News That Matters

पोखरामा विदेशी नागरिकलाई खुकुरी देखाई धम्क्याउने दुई जना पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा


कास्की प्रहरीले धारिलो हतियार देखाई विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आइतबार बिहान करिब ९:१० बजे पोखरा–२२ अनदु जंगलको सार्वजनिक स्थानमा ६७ वर्षीय विदेशी नागरिक एनएस पिटर मार्टिनलाई खुकुरी देखाउँदै अभद्र व्यवहार गरिएको सूचनाको आधारमा प्रहरीले तत्कालै बैदाम कार्यालय मातहतको वडा प्रहरी टोली खटाएको थियो।


घटनामा संलग्न कास्की माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन वि.क. र तनहुँ व्यास नगरपालिका–५ का २१ वर्षीय विशाल दर्लामीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूको साथबाट धारिलो हतियार (खुकुरी) समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।


प्रहरीका अनुसार पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ। उनीहरूलाई अनुसन्धानका लागि १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरिएको खुकुरीको फोटो समेत सार्वजनिक गरेको छ।

प्रतिकृया दिनुहोस