पोखरा
कास्की प्रहरीले लागू औषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिति २०८२ कार्तिक १ गते राति करिब ९:२५ बजे पोखरा–१७ घारीपाटनस्थित क्षेत्रमा लागू औषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले २५ वर्षीय नवराज चापागाईं थापा (ठेगाना– पोखरा–१७, घारीपाटन) लाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनको साथबाट ३ वटा स–साना पुरियामा ब्राउनसुगर जस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ। त्यसपछि उनको कोठामा थप खानतलासी गर्दा हेल्मेट र पहेंलो रंगको बट्टाभित्र लुकाइराखिएको १३ वटा पुरिया समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको कुल ब्राउनसुगर ०.९२ ग्राम, नगद रु. ९४,५०० र मोबाइल फोन २ थान रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका थापामाथि आवश्यक अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद सामानहरूको फोटो पनि सार्वजनिक गरेको छ।
