पोखरा
पोखरा५ पस्र्याङमा शनिबार बिहान भएको झगडाले दुर्भाग्यपूर्ण रूप लिँदै एक जनाको ज्यान गएको छ। स्थानीय ४५ वर्षीय अनिल पराजुलीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको कास्की प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार पराजुलीका साथी किशोर तिमिल्सिनासँग सामान्य विवाद सुरु भएको थियो। विवाद चर्किएपछि तिमिल्सिनाले धारिलो हतियार (चक्कु) प्रयोग गरी पराजुलीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
मिति २०८२ कार्तिक ८ गते बिहान करिब ३:०५ बजे, पोखरा–५ चिल्डेल पार्क नजिकै पराजुली अचेत अवस्थामा फेला परेका थिए। प्रहरी टोलीले उनलाई तत्काल उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पुर्याएकोमा करिब ३:४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
अनुसन्धानका क्रममा सराङकोट घर भई मालेपाटन बस्ने २४ वर्षीय किशोर तिमिल्सिनाले विवादका क्रममा चक्कु प्रहार गरेको खुलेको कास्की प्रहरीले जनाएको छ। घटनामा प्रयोग भएको १ थान चक्कु सहित उनलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएकोप्रहरीले जानकारी दिएको छ।

पोखराको शान्त बस्ती पस्र्याङमा भएको यस घटनाले स्थानीयहरूलाई स्तब्ध बनाएको छ।
