Saturday, November 8News That Matters

कारागारबाट भागी व.प्र.का. बैदाममा चोरी गर्ने १ जना मानिस पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा

प्रहरी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटमा संलग्न एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।


जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मिति २०८२ भदौ २४ गतेको आन्दोलनका क्रममा कारागारबाट भागी प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी र सामान लुटपाट गर्ने पोखरा–७, घारीपाटनका २६ वर्षीय विवश जलारीलाई मिति २०८२ कार्तिक १३ गते पक्राउ गरिएको हो।

प्रहरीले उनलाई वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको क्यानन कम्पनीको एसओसीओ डिजिटल क्यामेरा र नम्बर प्लेट नभएको एनएस २०० सीसी मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका जलारीमाथि कास्की जिल्ला अदालतबाट अपराधिक उपद्रव सम्बन्धी मुद्दामा थप ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विवश जलारी यसअघि ज्यान मार्ने उद्योग मुद्दामा कास्की कारागारमा थुनामा रहेका थिए। उनी भदौ २४ गते कारागारबाट भागी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट र चोरी गर्न पुगेका थिए भन्ने खुलेको छ।

प्रतिकृया दिनुहोस