Saturday, November 8News That Matters

जे सुकै फेर एकपटक आफैभित्र हेर

यो समाचार शेयर गर्नुहोस्

नेपालकै राजनीतिक इतिहासमा दसकौ देखी सिद्धान्त ,दर्सन  वाद र विचारको झोला बोकेर राजनीति गरेर आएका नेताहरुले सत्ता स्वार्थ प्राप्तिका लागि विचारको भन्दापनि स्वार्थको पुच्छर समाउदै कहिले गठवन्धन त कहिले कार्यगत एकता त कहिले पाटिगत एकताका नाममा हिजो पाटि निर्माण गर्दा जनता कार्यकर्तालाइ सिद्धान्त र विचारको लोभमा फसाउदादै बिभिन्न दलहरुले नेपाली जनतालाई कहिले विपिवादको कहिले मार्कसवाद  कहिले लेनिनवाद कहिले माओवादका विचार र दर्सनहरुको प्रवचन दिदै अकल्पनीय सुन्दर सपना देखाउदै आए, तर आजसम्म आइपुग्दा नेपाली जनताका लागि उहीँ हात लाग्यो शून्य भनेजस्तो अवस्था र नियति भोग्नु परि रहेको छ।  राजनीतिक इतिहास बोकेर आएकै दल र नेताहरूले पटकपटक कहिले पाटिको नाम फेर्दै त कहिले झण्डा फेर्दै आए सम्पुर्ण वाद र विचार त्याग्दै पाटिको नाम मात्रै हैन पाटिकै चुनाव फेर्न तक पछि परेनन्। पछल्ला केही दसक कतिपय पाटिका नेताहरु सत्ता र कुर्सीका लागि सिद्धान्त विचार वाद  पाटि मात्र हैन उस्तै परे बर्षौदेखि राजनीति गर्दै आउदा हिजो नेताका लागि घाँटी र छाती थाप्न तयार भएका नेताहरु तथा कार्यकर्ता हरु समेत  आफ्नै घर परिवार समेत छाड्न तयार देखिन थाले। यसले गर्दा अब नेपाली जनताले  यतिबेला कुन पाटि र कुन नेता प्रति विश्वास गर्न भन्ने खालका जटिल प्रस्न हरु उठ्न थालेका छन्। हो जेनजि आन्दोलनमा देसका ती कलकलाउदा होनहार बालबालिका युवा ती राष्ट्रकै भबिष्य बोकेका जन्मदिने आमा बुबाका सपना चकनाचुर भए, ती जेनजि युवाहरुको रगतको खोलो बग्यो, ठुला ठुला परिवर्तन हुदा पनि देसले सायद आजसम्म आइपुग्दा यति धेरै क्षति ब्यहोर्नु परेको थिएन होला ।देसमा भएका राष्ट्रिय पहिचान बोकेका ऐतिहासिक सम्पदा र धरोहर नष्ट भए ,कतिपय पाटि र कतिपय नेताहरूकै घरमा आगजनी तोडफोड भयो। साराका सारा देस खरानिमय भयो आगोको मुस्लो हावासग पौठेजोरि खेल्न थाल्यो।  अत्यन्तै महत्त्वपूर्ण  राष्ट्रिय सम्पत्ति सम्पुर्ण धरोहर खरानी भएर गए, तर सँगसँगै आन्दोलनले सिङ्गो देसमा एउटा यस्तो परिवर्तन ल्यायो कि ठुला भनिएका दल देखि साना भनिएका दल हरुमा समेत हलचल नै मच्चियो।नेताहरु झस्किए, जसले गर्दा आजसम्म परिवर्तनका वाहक होउ भन्ने तर आफै परिवर्तन हुन नसकेका  दल र नेताहरुमा केही परिवर्तन देखिन थाल्यो ,फलस्वरूप कतै कुनै दलमा नेतृत्व परिवर्तनका कुरा उठ्न थाले।कतै कतिपय दलहरु एक आपसमा एकतामा बाधिने प्रयासको थालनि गर्न थाले, कतै एउटै पटि फुटेर दुइतिर एकतामा जाने सङ्केत हरु देखिन थाले ,कतै दल परित्याग त ,कतै दल प्रवेसका खबरहरुले स्थान पाउन थाले। कतै यिनै दल र नेताहरुकै निकम्मापनले  गर्दा अघिल्लो चुनावमा लोकपृय मतका साथ स्वतन्त्र विजयि भएका हरुले समेत दल दर्ता गर्न थाले । नेपालमा राजनीति यस्तो लाभदायक उध्योग कलकारखाना पसल जस्तो बन्न थाल्यो कि चियापसल खोलेजस्तो गरि दल हरुले राजनीतिक पसल खोल्न थाले जसले गर्दा बरु चिया पसलको केही अस्तित्व होला तर यी दलहरु कतै अस्तित्व हिन बन्ने हुन् कि भन्ने खतरा झन् बढेर जान थाल्यो। त्यति मात्रै हैन एक चलाख व्यापारीले उहीँ कमसल उत्पादन बजारमा बिक्री हुन छाडेपछि कि त नया नाम, कि त नया लोगो लेवल लगाएर बेच्नका लागि तयार पारेजस्तो गरेर पाटिकै नाम झण्डा चुनाव चिन्ह फेर्न थाले । जसले गर्दा पटकपटक धोका खाएका नेपाली जनताले कतै फेरि पनि धोका खानु पर्ने त हैन भन्ने शङ्का उपशङ्काले हरेक नेपालि जन जनको मन मनमा डेरा जमाउन थाल्यो । आज सम्म नेताहरुका नौटङ्कि यति सम्म भएकि उहीँ कहिले जुत्ता नया फेर्ने ,तर बर्षौ देखि लगाएर गनाएको मोजा नफेर्ने त कहिले मोजा नया फेर्ने, तर बर्षौ देखि घिसारिएर ठाउँ  ठाउमा प्वाल परेको तलुवा नै नभएको जुता नफेर्ने जस्तो जुन राजनीतिक प्रवृत्ति देखियो यसले न त देसले शान्ति सुव्यवस्था स्थिरता पाउन सक्यो। न त नेपाली जनताले कहिल्यै सुख शान्ति समवृदिको महशुस गर्दै लामो सास फेर्न नै पाउन सके। न त यी नेताहरुले नै असल राम्रो आत्मसन्तुष्टि सहितको  मृत्युवरण गर्न नै पाउने भए।

त्यसैले ,विशेष गरेर यी दसकौ राजनीतिक  इतिहास बोकेर आएका  दल र नेताहरुलाइ पाटि ,पाटिको नाम ,पाटिको सिद्धान्त, वाद , विचार ,पाटिको झण्डा ,चुनाव चिन्ह यहाँ सम्म कि तिम्रै नाम समेत फेर  जेसुकै फेर एक पटक आफैभित्र हेर भन्नै पर्ने हुन्छ

प्रतिकृया दिनुहोस