Sunday, December 7News That Matters

पोखरामा चोरीका स्कुटरसहित पाँच जना पक्राउ

यो समाचार शेयर गर्नुहोस्

पोखरा,


कास्की — पोखराका विभिन्न स्थानबाट चोरी भएका स्कुटरहरु बरामद गर्दै प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल तथा स्कुटरहरूको खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले दुईवटा स्कुटर सहित चार जनालाई र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको अर्को टोलीले एक जना सहित अर्को चोरीको स्कुटर बरामद गरेको हो।


प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुमा पोखरा महानगरपालिका–३३ का २१ वर्षीय शेरबहादुर पुन मगर, वडा नं. ५ का २५ वर्षीय अजय नेपाली, वडा नं. १० का २१ वर्षीय सुशिल गुरुङ, वडा नं. ११ का २० वर्षीय सुदिप परियार, र वडा नं. १३ काँहुँखोला निवासी २७ वर्षीय रोशन परियार रहेका छन्।


इलाका प्रहरी कार्यालय शिशुवाले ग ९ प ८७६१ र ग १५ प ५२३७ नम्बरका स्कुटरहरू बरामद गरेको जनाएको छ भने वडा प्रहरी कार्यालय रामबजारले ग ४ प ७६८४ नम्बरको स्कुटर बरामद गरेको हो।


पक्राउ परेका सबै विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्र.ना.उ. हरी बहादुर वस्नेतले जानकारी दिए।

प्रतिकृया दिनुहोस