Friday, January 16News That Matters

भ्रष्ट लाई कारवाहि गर‍ोस्। बरु चुनाव सर‍ोस्।

यो समाचार शेयर गर्नुहोस्

देसमा चरम् भ्रष्टाचार भयो ।दल र नेताहरु राजनीति कमाउधन्दाका लागि हो जस्तो ,गरि सत्ताकै लागि तछाड मछाड गर्न थाले ,देस र जनता प्रति भन्दा पनि नेताहरु भ्रष्टाचारमा केन्द्रित हुन थाले, कर्मचारी समेत नेताहरुको सिको गर्न थाले एकातिर कर्मचारी अर्कोतिर नेताहरु जब भ्रष्टाचार गरेर अकुत सम्पति कमाउने दाउमा लाग्न थाले , तब देसको राजनीतिमा अराजकताले प्रसय पाउन थाल्यो । सत्तामा पुग्ने र सत्ता बाहिर हुने दल र नेताहरुको सत्ताका लागि मात्रै दोहोरी चल्न थाल्यो । यहासम्म कि नेताहरु र कर्मचारी हरु यति गैर जिम्मेवार बन्न थाले कि जताततै  अराजकता नै अराजकता फैलिन थाल्यो। फलस्वरूप शुशासन हराउदै गयो। देस र जनताको माया अब कसले गर्ने जिम्मेवारी कसले लिने भनेजस्तो अवस्था सृजना हुन थाल्यो। सरकार हिजो भन्दा ,झन् तानशाह बन्न थाल्यो । भ्रष्ट लाई कारवाहि गर्नुको सट्टा झन् भ्रष्ट र तस्करहरुकै सँरक्षक बन्न थाल्यो।जनताको स्वतन्त्रता समेत छिन्न थाल्यो । सहकारी पिडितहरु सडकमा दिनहु न्यायका लागि सडकमा निस्कन थाले । वेरोजगारि यति बढ्न थाल्यो कि दिनहु हजारौं युवाहरु बिदेसिने अवस्था देखिन थाल्यो ।तब देसमा एउटा नया शक्तिको रुपमा जेनजि शक्ति उदायो। जसले मात्र  सरकारले बन्द गर्न लागेको फेसवुक , खुला हुनु पर्ने,भ्रष्टाचार अन्त्य,हुनु पर्ने शुशासन स्थापना गर्नु पर्ने ,प्रत्यक्ष कार्यकारिणी प्रधानमन्त्री हुनु पर्ने सहितको माग राखि आन्दोलनको घोषणा गर्यो। त्यसलाई पनि तत्कालीन सरकारले लत्याएर अटेरि गरेर केटाकेटी आए गुलेलि चलाए भनेजस्तो गरेर जेनजिको मागलाई वेवास्ता मात्रै गरेन, झन् त्यतिका धेरै जेनजि लाई छाति र टाउकोमा गोलि हानेर झन् ,आगोमा घिउ थप्ने काम गर्यो  ,तब जेनजि मात्रै हैन ,सिङ्गो देस जुरुक्क उठेर विरोधमा उत्रियो, तब राष्ट्रहित विपरित लाग्ने राष्ट्र लाई दोहन गर्ने तत्व हरुले देसलाइ अग्निमय बनाउन थाले, राजनीतिक दलहरुले विपक्षि फरक मत राख्ने हरुलाइ सिध्याउने प्रतिशोधमा लागे जसले गर्दा देस खरानिमय भयो ।नेता मन्त्री हरु रातारात भाग्न थाले जताततै आगजनी र नेपालको अकास धुवाले कालो देखिन थाल्यो। सिङ्गो देस सङ्कटको भुमरीमा पर्यो। जनता अलमलमा परे सरकार चलाउने दल प्रतिपक्षी दल हराए लुकेर बसे।

तब सरकार विघटन भयो । सिङ्गो देस अभिभावक विहिन जस्तो बन्न पुग्यो । तब तत्कालीन अवस्था मा ढिलो गरि भएपनि एउटा निकासको आवस्यकता लाई मध्यनजर गरि बडो वुद्दिमता पुर्वक सेनाले विकल्पको तयारी गरेर जेनजि सरकार खडा गर्यो। दलहरुमा झन् भुइचालो गयो । नेताहरुमा छटपटि देखिन थाल्यो नेपाली जनताले ती नेताहरुका आगजनी भएका घर महलमा जलेका नोटै नोटको थुप्रो देखेपछि राजनीतिक दल र ती दलका नेताहरुलाइ  झन् घृणा गर्दै गालि गर्न थाले।देस पुरै तात्यो। यति तात्यो कि नेताहरु बाहिर निस्कनै नसक्ने अवस्था आयो । कति पय नेताहरु त केहि दिन गुप्तबास बसे। फेरि केहि शान्त वातावरण सृजना भएपछि कतिपय जेनजि हरुलाइ जेनजि सरकारले नै पक्राउ गर्नथाल्यो।  जेनजि हरु आगबबुल हुन थाले ।कतिपय लाई सरकारले अझै पक्राउ गरेको छ।  कतिपय असली जेनजिले उन्मुक्ति पाएका छन्, भने कतिपय जेनजि हरु अझैपनि चिसो खोरका थुनिएका छन्। तर जेनजिका नाममा जेनजिको खोल ओढेर राजनीतिक दलका कार्यकर्ता हरु समेत च्याउसरि उम्रन थाले।  जसले गर्दा असली र नक्कली जेनजि छुट्याउन पनि नेपाली जनतालाई धौ धौ हुन थाल्यो ।नेपालि जनताले  देसकै सम्पति धरोहर जलाउने अराजक दोषि तत्वले उन्मुक्ति नपाओस् ।निर्दोषि लाइ कारवाहि नहोस् ,भन्ने सन्देस दिन थाले। तर जे भनेर जुन कुराका लागि जुन बिषयका लागि जेनजि सरकार बनेको थियो ।त्यो भन्दा बाहिर जेनजि सरकार जान थालेपछि जेनजि हरुले खबरदारि गर्न थाले । जेनजिको आन्दोलन चौरासी लाई बयासिमा सार्न र चुनावि सरकार बनाउनका लागि थिएन । न त नेपाली जनताले चुनाव चाहेका थिए ।नेपाली जनताले त जेनजिले राखेका माग हरु पूरा हुनु पर्छ ।भ्रष्टाचार अन्त्य हुनु पर्छ भन्ने कुरालाई महत्त्व दिएका थिए। तर देसमा जब चुनावको मात्रै कुरा गरेर असफल दल र नेताहरु सलबलाउन थाले तब जेनजिले दबाब दिन थालेपछि सरकारले भ्रष्टाचार लाई मुल मुद्दा बनाएर पछिल्लो समयमा शुसिला सरकार अगाडि बढ्न थाल्यो तब नेपालि जनताले पनि उक्त कार्यको स्वागत गर्न थालेका छन्। फेरि दल र नेताहरु अत्तालिएर सलबलाउन थालेका छन्।  उनिहरुले दोहोरो चरित्र देखाउदै फेरि सलबलाउन थालेका छन्। 

सके सम्म ससद पुन स्थापना नसके छिटो चुनाव गराएर फेरि सत्तामा पुगेर आफुहरु जोगिने प्रपञ्च रच्न थालेका छन्।  नेपाली जनताले ता पहिला भ्रष्ट हरु लाई कारवाहि त्यसपछि चुनाव यो कुरा जेनजि सरकारले बेलैमा बुझोस् र आलोचना बाट मुक्त बन्न सकोस् 

त्यसैले  भन्नै पर्ने हुन्छ।नेपाली जनताले के चाहेका छन् जेनजि सरकारले बुझ‍ोस्। नेपाली जनताले आजसम्मका थुप्रिएर रहेका भ्रष्टाचारका फायल खोलोस् । आजसम्म देसलाइ नै खोक्रो पार्ने गरि भ्रष्टाचार गरेका भ्रष्टाचारमा मुछिएका भ्रष्टाचारि जो सुकै हुन्  ,ती सबैलाई एक एक गरि कारवाहि गर‍ोस्। देसमा शुशासन स्थापित गर‍ोस्। बरु चुनावि म्याद अझै पछाडि सरेपनि सर‍ोस्  भ्रष्टाचारिलाइ कारवाहि गर‍ोस् ।

प्रतिकृया दिनुहोस