Friday, January 16News That Matters

नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण

यो समाचार शेयर गर्नुहोस्

कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, गण्डकी प्रदेश पोखराको आयोजनामा बाग्लुङ जिल्लाको बडीगाड गाउँपालिका–५, ग्वालीचौरस्थित श्री भानु माध्यमिक विद्यालयका १०० जना विद्यार्थीलाई नेपाल टेलिकमको लोगो अंकित विद्यालय झोला वितरण गरिएको छ।


नेपाल टेलिकम बाग्लुङका कार्यालय प्रमुख वरिष्ठ इञ्जिनियर सन्तोष कुमार बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल टेलिकम गण्डकी प्रदेशिक निर्देशनालय पोखराका निर्देशक बसन्त लिङथेपले विद्यार्थीहरूलाई झोला वितरण गर्दै सञ्चार क्षेत्रमा नेपाल टेलिकमले पुर्‍याएको योगदानको चर्चा गर्नुभयो। उहाँले नेपाल टेलिकम गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केशव खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। बडीगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले सेवाको गुणस्तरमा ध्यान दिन आग्रह गर्दै गाउँपालिकाले नेपाल टेलिकमसँग सहकार्य गर्न तत्पर रहेको धारणा राख्नुभयो।


प्राविधिक तथा व्यापार शाखा प्रमुख महेन्द्र प्रसाद रिमालद्वारा सञ्चालन गरिएको कार्यक्रममा सहायक प्रशासकीय अधिकृत दिनेशमणि लामिछानेले नेपाल टेलिकमले प्रदान गर्दै आएका सेवाहरूका बारेमा जानकारी दिनुभएको थियो।


उक्त अवसरमा निर्देशक बसन्त लिङथेपले बडीगाड गाउँपालिका–५ को ग्वालीचौर तथा खौलाबजार क्षेत्रमा घरघरमा फाइबर प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट (एफटिटिएच) सेवा औपचारिक रूपमा सुरु भएको घोषणा गर्दै पहिलो ग्राहकका रूपमा श्री भानु माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई राउटर हस्तान्तरण गर्नुभयो।


कार्यक्रमका क्रममा अभिभावकहरूलाई नमस्ते मोबाइलका सिमकार्ड निःशुल्क वितरण गर्नुका साथै नेपाल टेलिकमका प्राविधिक तथा कर्मचारीहरूले ग्वालीचौर क्षेत्रमा ( एफटिटिएच ) जडान, सेवा जानकारी तथा घरदैलो अभियान सञ्चालन गरेका थिए।
कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस