Friday, January 16News That Matters

अगुवा राजनेता बन्ने कि? भगुवा लाजनेता बन्ने!

यो समाचार शेयर गर्नुहोस्

देसले धेरै पीडा सहि सक्यो।नेपाली जनताले पाउनु सम्म सास्ति पाए । कतै सहकारी पिडित, कतै वैदेशिक रोजगार पिडित, कतै मिटर हिटर ब्याज पिडित,लाखौ नेपालीका छोराछोरी बिदेस जान बाध्य अझ भनी साध्य झैन कति बाबू आमाका छोराछोरीका लास बिदेसमै छन्। कति बाबुआमाका बिदेसमै हराइ रहेका छन्। कति पीडा कति सास्ती भोगि रहेका छन् सरकार सँग रोई कराइ रहेका छन्,सरकार आफै सुरक्षित छैन सरकारमा हुने हरु आफै सुरक्षित छैनन्। त्यहि भएर ता एउटै मन्त्रीको सुरक्षाका लागि दर्जनौ प्रहरी अघिपछि हुन्छन्,भनेपछि नेपाली जनता कती सुरक्षित छन् र सुरक्षित रहेछन् ।भनिरहनु परेन नेताहरुनै सुरक्षाको लागि भागदौड गरेका दृस्य हरु नै काफि छन्।आखिरमा सुरक्षा भनेको कहाँ छ । यहाँ को नै सुरक्षित छ।कसले नै सुरक्षित भएको महशुस गर्न पाएको छ। जो जहाँ छ त्यो त्यहि असुरक्षित छ। पछिल्लो समयमा भ्रष्टाचारका विरुद्ध भाद्र २३ गते भएको जेनजि आन्दोलनको बेला त्यतिका धेरै जेनजिहरुको ज्यान जानू पनि असुरक्षितको पराकाष्ठा हो। त्यसको लगत्तै २४ गते भएको आगजनी तोडफोड नरसंहार हुनु स्वँय सुरक्षा निकायका अङ्गनै कतै ज्यान बचाउन भाग्नु पर्ने अवस्था आउनु कतै सुरक्षा निकायकै अङ्गहरुनै मौनता साध्नु पनि सरकारकै असक्षमता हो। किन भने कुनैपनि सार्वभौमसत्ता सम्पन्न उन्मुख राष्ट्रमा लोकतान्त्रिक पद्धति लाई यदि सबैले मान्ने हो भने, विरोध गर्न पाइन्छ धर्ना बस्न पाइन्छ।तर जेनजिहरुले  त्यहि विरोध धर्ना गरिरहदा एकैपटक अचानक गोलि चल्नु, त्यस्तो नरसँहार हुनु आफैमा  तत्कालीन सरकार सुरक्षा निकायमा देखिएको असक्षमता नै हो।

तत्कालीन सरकार मात्रै दोषि हैन ,देसमा बर्षौ देखि राजनीति गर्दै आएका राजनीतिक इतिहास बोकेका पटकौ सरकार चलाएका दल र नेताहरु समेतको ,राजनितिक लापरवाहि ,तथा असक्षमता पनि हो यसमा एउटा पाटि र नेता मात्रै नभएर सबैदल हरु र नेताहरु पनि कतै न कतै केही न केही दोषि छन् ।यसको सबैले जिम्मेवारी लिनैपर्छ।

किनभने सिङ्गो देस जलेर खरानिमा परिणत हुनु,तत्कालीन सरकार प्रमुख मात्रै हैन ,दसकौ राजनीति गरेका पटकौ सरकार चलाएका नेताहरु समेत कोहि झुण्डिएर मुण्डिएर त कोहि लुकेर छिपेर ज्यान बचाउनु पर्ने अवस्था आउनु भनेको दसकौ राजनीतिक इतिहास बनाएका दल र दसकौ राजनीति गरेका नेताहरुकै असक्षमतानै हो।धेर थोर यसको जिम्मेवारी सबैले लिनै पर्छ।

देसमा यस्तो जनविद्रोह शुरु हुनु जेनजिका काधमा बन्दुक राखेर अराजक तत्वले राष्ट्रकै धरोहर सिहदरबार लगायत सम्पुर्ण सँरचना ध्वस्त पार्नु , देस धुवाको मुस्लोमा विलिन भएजस्तो हुनु  जताततै तोडफोड आगजनी लुटपाट हुनु , 

यसरी देस र जनताको सरकार प्रमुखनै भाग्नु र लुक्नु पर्ने अवस्था आउनु सबका सब दलका नेताहरु नै भाग्नु र लुक्नु पर्ने अवस्था आउनुको कारण अरु केही नभएर  विशेष गरेर ठुला भनिएका दल र  ती दलका नेताहरुमा भएको सत्ता स्वार्थमा रमाउने प्रवृत्ति  सुरक्षा निकायमा, न्यालयमा ,राजनीति हस्तक्षेप हुनु भ्रष्ट लाई जोगाउन ख‍ोज्नु, कसैलाई भित्तैमा पुर्याउन खोज्नु, कसैलाइ द‍ोषि देखिएपनि उन्मुक्ति दिनु, दल भित्र असन्तुष्टि हुनु मात्रै नभएर दल, दल बिचको लडाइ मात्रै नभएर विभिन्न दलहरु भित्रै गुटबन्दीको लडाइको आगो भित्र भित्रै भुसको आगो सल्किएर मन्द गतिमा धुवा पुत्ताउदै आइरहेको अवस्था हुनु, देसमा मौलाएको भ्रष्टाचार झाङ्गिएको अराजकता ,नैतिकताको ख्याल नभएका नेता, गुटबन्दीबो शिकार भएका कार्यकर्ता र देसैभर दल र नेताहरुको लापरबाही राजनीतिक चरित्र र विभिन्न कारण बाट दुख पिडा सास्ती खेपिरहेका प्रताडित नेपाली जनता को आक्रोश नै हो। 

त्यसैले भन्नै पर्ने हुन्छ यस्तो अवस्था आउनुको कारण अरु कोहि नभएर नेपालका दल र नेताहरुनै हुन् र हामि नेपाली नै होउ।यहाँ भारत अमेरिका चिनलाइ युरोपियन युनियन लाई दोष दिएर हामी दुधले नुहाएको बन्न खोजेर च‍ोख्खिन खोज्नु अर्को मुर्खता हो। उहीँ बुढापाका हरुको भनाइनै छ ,आफ्नि छोरि नखरमाउलि तन्नेरिलाइ द‍ोष भनेजस्तो गरि उम्किन योे देसका दल र नेताहरु मात्रै हैन दलका कारणयकर्ता मात्रै हैन देसका सबै जिम्मेवार निकाय र ती निकायका मात्रै हैन ,हामी कुनैपनि नेपाली लाई छुट छैन। तर पछिल्लो घटनक्रमलाइ हेर्दा नियाल्दा अझै पनि दल र नेताहरु देस र जनताप्रति भन्दापनि आ आफ्नै पाटिप्रति बढि चिन्तित भएको पाटिमा आफू नेतृत्वमा कसरी सुरक्षित रहने भन्ने तिर मात्रै केन्द्रित भएको पाटि र गुटप्रति मात्रै चिन्तन मनन गरेको मात्रै देखिएको छ।

केही नेताले भनेजस्तो हामी फेरि खरानी बाट माथि उठ्नु पर्छ भनेर आ आफ्नो पाटि कार्यालय निवास मात्रै हैन देसका सबै ध्वस्त भएका खरानी भएका सँरचना बनाउनु पर्छ। 

त्यसरी खरानी बाट माथि उठ्न जेनजि आन्दोलनको क्रममा भएको त्यो नरसंहार बाट ती दर्जर्नौ नेपालि जनताका छोराछोरीको बगेको रगत लाई स्मरण गर्दै ती रोइ रहेका बाबू आमाको आँसु पुछ्ने काम कसरी गर्न सकिन्छ त्यो उपायको खोजि गर्नु पर्छ। 

अब जेनजि सरकार पनि थप जिम्मेवार बन्नु पर्छ भ्रष्ट लाई कारवाहि गर्ने ल्यागत राख्दै   देस जनताप्रति अहित हुने भ्रष्ट लाई जोगाउने प्रपञ्च रच्ने कार्यमा कुनैपनि दल र नेताहरु सग मुलाहिजा नराखि अगाडि बढ्नु पर्छ। जनविद्रोह बाट खारेजी भएको सँसद विघटन लाई विउताएर फेरि अर्को जनविद्रोह निम्त्याउनु भन्दा जेनजि र नागरिक बाट स्थापित नागरिक सरकारले निष्पक्ष धादलि रहित सुरक्षा सहित चुनाव सम्पन्न गर्नु पर्छ। दल र नेताहरुलेपनि अब मेरो गोरुको बाह्रै टक्का भनेझै नगरि हिजो जेल नेल खाएर राजनीति गरेको भन्ने अहङ्कारि गफ नछाटि परिवर्तित समयलाई बुझेर सत्ता पद र पैसा भन्दा माथि उठेर पाटि विशाल  हैन आफ्नो छातिलाइ चौडा बनाउदै विशाल विराट मन बनाउदै सबका सब नेता हरु अब  एक ठाउमा उभिएर सर्वपक्षिय सहमति सहित अगाडि बढ्नु पर्छ। अब दल र दलका नेताहरुमा को सत्तामा गइरहने ,सदा टिकि रहने , कसले बढि कमाउने, को पटकपटक प्रधानमन्त्री मन्त्री ,माननीय हुने भन्ने  प्रतिस्पर्धा गर्नु भन्दा पनि, अब कसले बढि त्याग गर्ने ,कसले आफ्नो स्वार्थ इच्छा चाहना लाई बलिदानि दिने भन्ने प्रतिस्पर्धा हुनु पर्छ। नेताहरुका लागि  देस र जनताका लागि के दिन सकिन्छ भनेर दिनप्रतिदिन चिन्तन मनन गर्ने बेला आएको छ। यो एउटा अवसर पनि हो। बिशेष गरेर यो अवसर ठुला दलका सिर्ष नेताहरुका लागि राजनेता बन्ने अवसर पनि हो। अब पनि यति पटक प्रधानमन्त्री मन्त्री माननीय बन्ने पाटिको अध्यक्ष बन्ने महामन्त्री बन्ने भन्ने होडबाजीमा लाग्ने भन्दा पनि,

अब कति त्यागी नेता बन्ने ,कस्तो नेता बन्ने भन्ने कुरालाइ महत्त्व दिदै, सिङ्गो राष्ट्रकै अगुवा त्यागी नेता बनेर विपि पुष्पलाल गणेशमान लगायत देसका हिजोका महान् नेता जस्तै बनेर उनको झल्को दिने गरि अब अगुवा राजनेता बन्ने कि भगुवा लाजनेता बन्ने त्यो त विशेष गरेर ठुला ठुला दलका ठुला ठुला सिर्ष नेताहरुमा नै भर पर्छ।

भन्ने प्रतिस्पर्धा हुनु पर्छ। नेताहरुका लागि  देस र जनताका लागि के दिन सकिन्छ भनेर दिनप्रतिदिन चिन्तन मनन गर्ने बेला आएको छ। यो एउटा अवसर पनि हो। बिशेष गरेर यो अवसर ठुला दलका सिर्ष नेताहरुका लागि राजनेता बन्ने अवसर पनि हो। अब पनि यति पटक प्रधानमन्त्री मन्त्री माननीय बन्ने पाटिको अध्यक्ष बन्ने महामन्त्री बन्ने भन्ने होडबाजीमा लाग्ने भन्दा पनि,

अब कति त्यागी नेता बन्ने ,कस्तो नेता बन्ने भन्ने कुरालाइ महत्त्व दिदै, सिङ्गो राष्ट्रकै अगुवा त्यागी नेता बनेर विपि पुष्पलाल गणेशमान लगायत देसका हिजोका महान् नेता जस्तै बनेर उनको झल्को दिने गरि अब अगुवा राजनेता बन्ने कि भगुवा लाजनेता बन्ने त्यो त विशेष गरेर ठुला ठुला दलका ठुला ठुला सिर्ष नेताहरुमा नै भर पर्छ।

प्रतिकृया दिनुहोस