देसमा भ्रष्टाचारले चरम् सिमा नाघेपछि दण्डहीनता मौलाउदै गएपछि, शुशासन विलुप्त हुँदै गएपछि,न्यायालय ,स्वास्थ्य शिक्षा सबै तहका सम्वैधानिक निकायमा व्याप्त राजनीति हावि हुँदै गएपछि ,देसका सबै क्षेत्रमा रहेका नियमनकारि निकाय समेत राजनीतिको शिकार बन्दै जान थालेपछि देसमा भ्रष्टाचार माफिया तस्करको हालिमुहालि भएर देस चरम् सङ्कटमा पर्न थालेपछि ,देसको मुल शक्ति ,युवाशक्ति बिदेस पलायन हुन बाध्यात्मक परिस्थिति सृजना हुन थालेपछि , जेनजि युवासमुह जाग्यो र जेनजि आन्दोलनको घोषणा गर्यो,तत्कालीन सरकारले जेनजिलाइ नपत्याए जस्तो गरि वेवास्ता गर्दै र नजरअन्दाज गरेकै कारण देसले ठुलो जनधनको क्षति ब्यहोर्नु पर्यो।
जसले गर्दा परिणाम नेपालका बर्षौ राजनीतिक इतिहास बोकेका ठुला ठुला दल हरुमा मात्रै नभएर साना साना दलहरुमा समेत नेपालको राजनीतिमा जेनजि आन्दोलनले ठूलै उथलपुथल ल्यायो।
विभिन्न सिद्धान्त र वादको जगमा टेकेर राजनीति गर्दै पटकपटक सत्तामा पुगेर स्वरज गजका साथ नेपालको शासन सत्ता चलाउदै आएका राजनीतिक दलहरुमा समेत सत्तामा जानकै लागि आफ्नो पाटिको विचार सिद्धान्त र वादलाइ तिलञ्जलि दिदै कहिले गठवन्धन त, कहिले कार्यगत एकता त कहिले राजनीतिक एकताका नाममा मात्र सत्तामा पुग्ने वहाना बनाउदै आएका दल हरुलाइ जेनजि आन्दोलनले घुडा टेकाए सँगै देसमा फेरि पुराना शक्ति र नयाशक्ति बिच एकताको ध्रुविकरण हुन थालेको छ।
जसले गर्दा अब देसमा रहेका बिशेष गरेर नेपालका ठुला दल हरुमा न त विपिवाद, न त माओवाद, नत मार्कसवाद नत ,लेनिवाद नत नौलो जनवाद न त वैज्ञानिक समाजवाद न त सर्वहारा वर्गोहितमा भनिएको साम्यवाद ,नत पुजिवाद नत राजसँस्थावाद कुनैपनि दलका कुनैपनि वाद सिद्धान्त विचार र हिजो दसकौ अघिदेखि सार्दै आएका एजेन्डा हरु सबका सब हराउदै विलिन हुँदै गए। स्वार्थपुर्ण राजनीतिले गर्दा दलहरु बदनाम मात्रै भएनन् दसकौको वैचारिक राजनीति लाई समाप्त पारेरै छाडे।
जसले गर्दा उहीँ हिन्दीको गित मुन्नि तो बदनाम हुइ भनेजस्तै भयो ।
जेनजि आन्दोलन सगै देसमा यति उथलपुथल भयो कि शासन सत्ता चलाएका शासक हरुनै भाग्नु पर्यो । देस शासक रिक्त हुन पुग्यो र जेनजिकै बलमा भ्रष्टाचारिलाइ कारवाहि गर्ने शुशासन स्थापित गर्ने र ६ महिनाभित्र चुनाव सम्पन्न गर्नेगरि नया सरकार गठन भयो । तर नया सरकारले चुनाव घोषणा गरेसँगै देसमा भएका नया पुराना दल हरु फरकफरक पाटि विचार सिद्धान्त र फरकफरक वाद भएपनि फरकफरक दृष्टिकोण लिएर आएपनि अन्तत उनिहरु समेत सत्ता शक्ति प्राप्त गर्न कै लागि छोरो पाउने कहिले हो कहिले कोर्को बुन्ने पहिले भनेजस्तो गरि बहुवुदागत सहमति सहित एकता गर्न थाले । यहासम्म कि हिजो त्यहि एकता र गठवन्धनकै नाममा सरकार चलाएका हरु अन्ततः फेलै खाएपनि एकातिर असफल भएपनि पुन सँसद ब्युताउने प्रपञ्चसहित एकता गर्ने अवसरको खोजिमा छन्,भने अर्कोतिर कतै चुनावमा भाग नलिने यहासम्म कि चुनाव नै बहिष्कार गर्ने सम्मका घोषणा गर्न थालेका छन्।
जसले गर्दा नेपाली जनता र राष्ट्र प्रति भन्दा पनि यो देसका नया पुराना जुनसुकै दल र नेता हरु भएपनि आखिर पाटि सत्ताकै लागि मरिहत्ते गर्दा रहेछन् भन्ने कुराहरु बिस्तारै बिस्तारै जनता सामु छर्लङ्गै देखिन थालेको छ। कतै एउटै पाटिमा श्रीमान श्रीमती मात्रै हैन छोराछोरी घरपरिवार सबै राजनीतिमा लागेर राजनिति भनेको ता राष्ट्र सेवा हैन कि व्यापार व्यवसाय हो कमाउने धन्दा हो जस्तो गरि कहिले पाटि फोर्ने कहिले पाटि एकता गर्ने नाटक मञ्चन गरि रहेका छन्।यी र यस्तै कारणले गर्दा राजनीतिक दलहरुमा यतिबेला नैतिकताको खडेरी परेको ता हैन भन्ने कुराको आभाष आम नेपाली जनतामा हुन थालेको छ।
त्यसैले भन्नै पर्ने हुन्छ नेपालका राजनीतिक दल र दलका नेताहरुमा नैतिकताको सङ्क परिसकेको छ। जसले गर्दा आगामी चुनावमा कसरि कस्ता हातले नमस्कार गर्दै ,कुन मुखले भोट माग्न जादैछन् त्यो ता हेर्न बाकिनै छ। नेताहरु यति नैतिक हिन हुदै जान थालेकि , कहिले एकता कहिले कोहि कता कहिले कोहि कता कहिले यता उता कहिले एकता गर्दै गर्दा नेताहरुमा देखिएको राजनीति हैन कि लाजनितिले गर्खा राजनीतिमा नै नैतिकताको खडेरी पर्न थालेको छ। जसले गर्दा नेपालका राजनीतिक दल र नेताहरु माथि नैतिकताको सङ्कटमा राजनीतिक एकता समेत परि सकेको छ। हिजो पुराना दल भनिएका एमाले काङ्ग्रेस माओवादी लगायत राप्रपाको सत्ताका लागि भएको गठवन्धन र चुनावि एकता माटोको घैटोमा रुपान्तरण भए जस्तै नया शक्ति भनिएका रास्वपा लगायत दल र वालेन एकताले समेत कतै त्यहि नियति भोग्नु पर्नेता हैन भन्ने खतराका सङकेतहरु देखिन थालेका छन्। त्यो त समयले वताउला। फेरि पनि सत्ता स्वार्थको कुलतमा लागेका नेताहरुलाइ नैतिकता भनेको कुन चराको नाम हो भनेजस्तो भएको छ। जसले गर्दा
कतै नेपालका विभिन्न राजनीतिक दलहरुमा भएको एकता पनि राजनीतिक सङ्कटमा पर्नेत हैन भन्ने प्रस्नहरु समेत चौतर्फी उठ्न थालेका छन्।
