पोखरा
शुक्रबार लामो समय देखी विवादित पोखराको ३३ पुडिटार फोहोर प्रशोधन केन्द्र( ल्याण्डफिल साइड ) निर्माण गर्ने महानगर पालिकाको निर्णय विरुद्ध स्थानीय वासि विरोधमा उत्रिएका छन्। ल्याण्डफिल साइड निर्माण गर्न नदिने अडान लिदै आइरहेका स्थानिय माथि आक्रोस पोख्दै
पोखरा महानगरपालिका वडा नम्बर–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीमाथि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दामाथि खुकुरी देखाएर धम्क्याएको आरोप लागेको छ।
पोखरा–३३ स्थित पुँडीटार क्षेत्रमा फोहोर प्रशोधन केन्द्र (ल्याण्डफिल साइट) निर्माण गर्ने महानगरपालिकाको निर्णय विरुद्ध स्थानीयवासी लामो समयदेखि विरोध गर्दै आइरहेका थिए।
बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको महानगर पालिकाले अटेरी गरेको भन्दै शुक्रबार उनीहरूले वडा कार्यालय ३३ अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यालय घेराउ गरेका थिए।
सो विरोध तथा घेराउ कार्यक्रममा प्रदर्शनकारीले वडा कार्यालयको गेटमा ताला लगाएका थिए।

पत्रकार तथा स्थानीय वासिन्दा सञ्जय आचार्यका अनुसार सोही विरोध प्रदर्सनकै क्रममा वडाध्यक्ष अधिकारी खुकुरीसहित उपस्थित भई आन्दोलनकारीलाई तर्साउने प्रयास गरेका थिए।
आचार्यका अनुसार वडाध्यक्षले “को हो यहाँ ताला लगाउने, देखाइदिउ भन्दै खुकुरी नचाएका थिए।
सो घटनापछि अवस्था तनावग्रस्त बनेपछि प्रहरीले वडाध्यक्ष अधिकारीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पोखरा पठाएको छ।
वडा अध्यक्ष नै खुकुरी सहित प्रर्दशनकारि माथि जाइ लाग्न थालेपछि आक्रोशित बनेका प्रदर्शनकारीले वडाध्यक्षको गाडी समेत तोडफोड गर्नुका साथै वडा कार्यालयको गेट र कार्यकक्षमा पुनः ताला लगाएर प्रदर्शन जारी राखेका छन्।
यसभन्दा पहिले देखिनै स्थानीय बासिन्दाहरूले भरतपोखरी क्षेत्रको पहिचान कुनै पनि हालतमा ल्याण्डफिल साइट हुन नसक्ने वताउदै आइरहेका थिए।
स्थानीय दिनेश आचार्यले कुनै पनि हालतमा यहाँ फोहोर प्रशोधन केन्द्र स्वीकार्य नहुने वताए ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने , यस बारे महानगरपालिका बाट औपचारिक धारणा भने आउन बाँकीनै छ।

