Friday, April 17News That Matters

गम्भीर बनौ असल नेता चुनौ।

यो समाचार शेयर गर्नुहोस्

कुनैपनि राष्ट्रको आफ्नै गरिमा स्वभिमान पहिचान हुन्छ।हिजो हाम्रा पुर्खाहरुले जोगाएर हामिलाइ  सुम्पेर गएको राष्ट्रको गरिमा  स्वाभिमान पहिचान आज आएर दिनप्रतिदिन  खतरामा पर्दै आएको छ। अन्तर्राष्ट्रिय शक्ति हरुको खेल मैदान प्रयोगशाला बन्दै गई रहेको छ। दिनप्रतिदिन हामी नेपाली परनिर्भर भएर बाच्नु पर्ने अवस्था आएको छ। हाम्रो देसका दसकौ पहिले उदाएका पाटि र नेताहरु बिदेसि शक्ति हरुको गोटि बन्दै गई रहेका छन्।यहाँ सम्म कि नेताहरु पालैपालो बिदेसि शक्ति हरु सँग लम्पसार पर्दै आ आफ्नो स्वार्थ सिद्दिमा चुर्लुम्म्मै डुब्दै जान थालेका छन् । जनता सँग भन्दापनि बिदेसि शक्ति हरुको निकट हुने दाउमा नेताहरु लागि परेका छन् ।झन् यतिबेला त देसमा सरकार भएर पनि सरकारनै छैन कि विधि कानुन नीति नियम अनुशासन शासन शुसाशन भएर पनी कहि केही छैन कि, भनेजस्तो अवस्था देखिन थालेको छ। राष्ट्र राष्ट्रियता प्रति कोहि कसैलाई कुनै चासो छैन बास्, सबका सब नेताहरु पाटि र सत्ताप्रति मात्रै केन्द्रित छन् । कुनैपनि पाटि र नेता जनता र सिङ्गो राष्ट्रको साझा बन्न सकिरहेका छैनन्। सबका सब पाटि नेता उत्पादन गर्ने कारखाना बनि रहेका छन् ।फेरिपनि देसले अझैसम्म असल राजनेता पाउन सकिरहेको छैन। देस यस्तो सङ्कटको भुमरीमा परि रहेको छ। नेपाली जनताको भबिष्य अन्यौलमा छ।झन् पछिल्ला दसक देखि त दल र नेताहरुले आ आफ्नो पाटिका निति सिद्धान्त विचार र एजेन्डा हरुलाइ समेत विसर्जन गर्दै कहिले एक भएर जुटेर त कहिले फुटेरै भएपनि सत्तामा पुग्ने र कुर्सी हत्याउने भन्ने ध्याउन्नमा मात्र देखिन्छन्।देसमा अराजकता व्याप्त छ।कसैले कसैलाई टेर्दैन ।।झन् जेनजि आन्दोलन पछि त ,जहाँ हेर यसो केही भयो कि त तोडफोड आगजनी सुरक्षा निकाय माथि नै आक्रमण हुन थालेका छन् । कारागारमा भएको आगजनी तोडफोड ,विरगञ्जमा  लखेटिएका प्रहरी र कुटाइ खाएको दृस्य नै काफिि छ। सुरक्षा निकायको मनोबल यति खस्किएको छ कि उनिहरुले ब्यक्त नगरेका मात्र हुन् । जेनजि आन्दोलन लाई समेत बदनाम गर्न सबैखाले अदृश्य शक्ति हरु लागि परेका छन्। जताततै धमिलो पानिमा माछा मार्ने खेल भइ रहेको छ। देसमा यतिबेला झन्, चुनावका नाममा दुनियाँ हसाउने गरि राजनीतिक नाटक मञ्चन भइ रहेको छ।  भोट माग्न आउने हरु रिति न थिति हामीलाई भोट दिएर जिताउनु होस् हामी बनाउछौ निति भन्दै जनताको घर घरमा पुग्न थालेका छन्।यहासम्म कि राष्ट्र ,राष्ट्रियता ,राष्ट्र निति भनेको के हो भन्ने कुरा कुन चराको नाम हो भन्नेखालका उमेदवार हरु देखिएका छन् नेपाली जनताले खुट्टि देख्तै चाल पाइयो भन्नू पर्ने अवस्था छ। यचा जेनजि आन्दोलन बाट स्थापित भएको चुनावि  सरकार अल्पशक्ति बन्दै गएकोछ। शुशिला सरकारले चुनाव सम्पन्न गर्ने जम्मेवारि लिएको छ। यता दलहरु भने  चुनावमा धाग लिएपनि जिम्मेवार नबनेको देखिएको छ। जेनजि सरकारले बनाएका मन्त्री हरुनै जता जता काफल पाके त्यतै त्यतै चरि नाचे भनेझै गरि एकपछि अर्को गर्दै भटाभट राजिनामा दिदै उमेदवार बनेर चुनावमा होमिएका छन्। जिम्मेवारि बाट भागेर जिम्मेवार नबनि यसरी राजिनामा दिएर जानुले देसमा भोलिका दिनमा पनि यस्तो प्रवृत्तिले प्रसय पाउने देखिन्छ।।यता स्थानीय सरकार देसकै महत्त्वपूर्ण चर्चित शहरका  पालिकाका मेयरहरुले हिजो जनता सग भोट माग्दा गरेका बाचा बिर्सदै म कति बर्षकालागि मेयर भएको हु ,मैले मेरो जिम्मेवारी वहन गर्नु पर्ने हो कि हैन भन्ने कुराको ख्यालै नगरि जनताको हिजोको मतलाइ धोति लगाइ दिएर भटाभट राजिनामा दिदै, कोहि पाटि खोल्दै, कोहि पाटिमा समाहित हुदै ,अत्यन्तै गैर जिम्मेवार बन्दै, फेरि चुनावमा उमेदवार बनेर कत्ति पनि लाजै नमानि फेरि तिनै  हिजो पाच बर्षका लागि कनम गर्ने गरि भोट दिएका जनतासँगै भोट माग्न घर घर टोल टोल चहार्दैछन्। 

फे,ि यति बेलाको चुनावलाइ दल र नेताहरुले यति भद्दा मजाक गरेका छन् कि, कतै हारेमा चुनाव मान्य नहुने भन्ने कतै कानुनकै खिल्ली उडाउने कतै दुइटा पाटि एउटा चुनाव चिनणह प्रयोग गर्ने कतै पाटि नै विलिन गराउने कतै तानातान खोसाखोस दोषा दोष गर्ने पाटि विचार सिद्धान्त भन्दा पनि एक पाटिले अर्को पाटि प्रति निषेधको राजनिति गर्ने एक पक्षले अर्को पक्षलाई लखेट्ने मात्रै हैन, विचार सिद्धान्त मार्गदर्शन योजनाविहिन चुनाव प्रचारप्रसारमा होमिएर शोक न सुर्ता भोक न भकारी भनेजस्तो गरि, एकले अर्को  पाटि र नेतालाइ गालि गलौज गर्ने आफू दुधले नुहाएको एकदम फरक दुनिया बाट आएको भनेझै गर्ने प्रवृत्ति ह्वात्तै बढेर गएकोछ।

फेरि हिजो कस्तो ब्यक्तित्वले राजनीति गर्ने ,कस्तो पात्र  नेता बन्ने भन्ने कुराको एउटा छुट्टै महत्त्व थियो तर पछिल्लो यो चुनावमा देखिएको अवस्था  लाई राम्ररि गहिरिएर नियालेर हेर्ने हो भने यतिबेलाको चुनावमा दलहरु बाट सत्यनारायणको प्रसादि जस्तो गरि उमेदवारका लागि टिकट दिने काम भएकोता हैन भन्नू पर्ने अवस्था देखिएको छ। 

प्रकृतिले हरेक मानिसमा छुट्टाछुट्टै हैसियत ,क्षमता ,अनुभव, वुद्दि विवेक, ज्ञान ,सीप, प्रतिभा दिएको हुन्छ ।यदि ती सबै फरकफरक पात्रले आ आफ्नो हैसियत ,क्षमता, प्रतिभा, अनुभव ,वुद्दि ,विवेकलाई तत् तत् ठाउमा बिज्ञताको आधारमा प्रयोग गर्ने हो भने देस बन्न कत्ति पनि समय लाग्दैन । हिजो निस्वार्थ  राजनीति गर्नेहरुले मात्र राजनीति गर्नु पर्छ भन्ने मान्यता लाई स्थापित गरेका विपि,गणेशमान , कृष्ण प्रसाद भट्टराई ,मदनभण्डारि लगायत महान् नेताहरुको नितिलाइ समेत धोती लगाइ दिदै  स्वार्थको राजनीतिमा चुर्लुमै डुबेर नेताहरू भ्रष्ट भएकै कारण देस आज यो अवस्थामा आयो । दसौ बर्ष जनयुद्ध भयो, देसमा लोकतन्त्र ता आयो ,तर केही सिमित नेताहरुका लागि मात्र लोकतन्त्र  आयो भनेजस्तो भयो, जसले गर्दा ,देसमा अराजकताले पणरशय पाउन थाल्यो ,व्याप्त भ्रष्टाचारर  हुन थाल्यो, त्यसैले भ्रष्टाचारका विरुद्ध शुशासनका लागि भनेर अघिल्लो पुस्ताको गलत राजनीतिले गर्दा  जेनजि आन्दोलन ले जन्म लियो । जेनजि आन्दोलनले ल्याएको एजेन्डा सहितको आन्दोलन जुन कुरा लाइ सम्बोधन गर्नका लागि स्थापित गर्नका लागि बनेको सरकार अगाडि बढेको थियोे,त्यहि सरकारलाइ चुनावि सरकारको नाम दिएर जेनजि आन्दोलन लाई छायामा पार्ने काम भयो।जसले गर्दा यतिबेलाको चुनावमा फेरि नया र पुराना भन्ने भनाइले प्रसय ता पायो, तर न त भ्रष्टाचार अन्त्य नै भयो, न त शुशासान नै स्थापित हुन सक्यो।  देसमा फेरि उहीँ पुरानै साम दाम दण्ड भेदको राजनितिले स्थान पाउन थाल्यो। यतिबेला भएको चुनावले पनि देसको भबिष्य कोर्छ भन्ने कुराको कुनैपनि ग्यारेन्टी छैन। किन भने यतिबेलाको चुनावको  पनि मिश्रीत परिणाम आयो भने त्यसले पनि सविधान सँसोधन गर्न सक्छ न त नया नीति नै बनाउन सक्छ, त्यसैले अब नेपालि जनताले असल पात्र र असल कुनै एक शक्ति लाई मतदान गरेर शक्तिशाली बनाएर पठाउनु पर्ने आजको आवस्यकता छ। फेरि यतिबेलाको चुनावमा नया पुराना भन्ने यो वाक्य चुनावि नारा नै बनेको छ । त्यसैले भन्नै पर्ने हुन्छ।उसैलाई भोट दिउ जसले गर्छ देसको र जनताको माया , यदि अब पनि नेपालि जनताले हिजो जस्तो गरि सबै दल र नेताहरुको मन राख्ने गरि मतदान गर्यौ भने , अब यो चुनाव पनि वालुवामा पानी भनेजस्तो नहोला भन्न सकिदैन त्यसैले अब आम नेपलि जनताले फेरि नेपालि जनताको भबिष्य लाई अन्धकार बाट मुक्त गराउने र   देसकै भबिष्य बनाउने उदेश्यका साथ आफ्नो क्षणिक स्वार्थ भन्दा माथि उठेर राष्ट्र राष्ट्रियता जोगाउने गरि देस र जनहित पक्षधर बनेर आत्मलाइ साक्षि राखेर, नेपाल आमाको जिम्मेवार सन्तति हु भन्ने कुरालाइ नबिर्सिकन आम नेपाली जनताले मतदान गर्नु पर्ने अवस्था आएको छ।

अगाडि बढेको थियोे,त्यहि सरकारलाइ चुनावि सरकारको नाम दिएर जेनजि आन्दोलन लाई छायामा पार्ने काम भयो।जसले गर्दा यतिबेलाको चुनावमा फेरि नया र पुराना भन्ने भनाइले प्रसय ता पायो, तर न त भ्रष्टाचार अन्त्य नै भयो, न त शुशासान नै स्थापित हुन सक्यो।  देसमा फेरि उहीँ पुरानै साम दाम दण्ड भेदको राजनितिले स्थान पाउन थाल्यो। यतिबेला भएको चुनावले पनि देसको भबिष्य कोर्छ भन्ने कुराको कुनैपनि ग्यारेन्टी छैन। किन भने यतिबेलाको चुनावको  पनि मिश्रीत परिणाम आयो भने त्यसले पनि सविधान सँसोधन गर्न सक्छ न त नया नीति नै बनाउन सक्छ, त्यसैले अब नेपालि जनताले असल पात्र र असल कुनै एक शक्ति लाई मतदान गरेर शक्तिशाली बनाएर पठाउनु पर्ने आजको आवस्यकता छ। फेरि यतिबेलाको चुनावमा नया पुराना भन्ने यो वाक्य चुनावि नारा नै बनेको छ । त्यसैले भन्नै पर्ने हुन्छ।उसैलाई भोट दिउ जसले गर्छ देसको र जनताको माया , यदि अब पनि नेपालि जनताले हिजो जस्तो गरि सबै दल र नेताहरुको मन राख्ने गरि मतदान गर्यौ भने , अब यो चुनाव पनि वालुवामा पानी भनेजस्तो नहोला भन्न सकिदैन त्यसैले अब आम नेपलि जनताले फेरि नेपालि जनताको भबिष्य लाई अन्धकार बाट मुक्त गराउने र   देसकै भबिष्य बनाउने उदेश्यका साथ आफ्नो क्षणिक स्वार्थ भन्दा माथि उठेर राष्ट्र राष्ट्रियता जोगाउने गरि देस र जनहित पक्षधर बनेर आत्मलाइ साक्षि राखेर, नेपाल आमाको जिम्मेवार सन्तति हु भन्ने कुरालाइ नबिर्सिकन आम नेपाली जनताले मतदान गर्नु पर्ने अवस्था आएको छ। त्यसैले अब आम नेपाली जनता लोभ लालचमा नफसि , मतदान लाइ कुनै खेलौना जस्तो, कसैको मन राखिदिने जस्तो गरि मतदानलाइ दुरुपय‍ोग नगरौ ।अब हामि आम नेपलि जनता गम्भीर बनौ,असल नेता चुनौ

प्रतिकृया दिनुहोस